जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले संविधानको कार्यान्वयन र स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Government active to work in favor of the people: Minister Paudel

सुदूरपश्चिम — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले परिवर्तनको अनुभूति दिन नसेकमा जनतामा सरकारप्रति नकारात्मक सन्देश जाने भएकाले सचेत भएर काम गरिरहेको बताए । 

वर्तमान संविधान निर्माण भएपछि राजनीतिक संयन्त्र मात्र कार्यान्वयन भइरहेको र जनताका आधारभूत आवश्यकताका क्षेत्र स्वास्थ्य, शिक्षाजस्ता विषयमा सोचेअनुसार काम नहुँदा संविधानप्रति टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ ।

मन्त्री पौडेलले कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अस्पताल सञ्चालन गरेर एमबिबिएस पढाइ सुरु गर्न सरकार प्रतिवद्ध रहेको बताए । 

उनले भने, 'गेटा मेडिकल कलेजलाई ३०० शय्या बनाइन्छ, यसका लागि २५० जनशक्तिको दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइ सकिएको छ ।' 

कान्तिपुर संवाददाता

Link copied successfully