एक महिनामै ३० जनाको मृर्गौला प्रत्यारोपण

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

30 kidney transplants in one month

काठमाडौँ — सहिद धर्मभक्त राष्ट्रिय प्रत्योरोपण केन्द्र, भक्तपुरले एकै महिनामा ३० जनाको मृर्गौला प्रत्यारोपण गरेको छ ।  मृगौला तथा कलेजो प्रत्योरोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले १ महिनामा यति ठूलो संख्यामा मृगौला सफलतापूर्वक  प्रत्यारोपण हुनु नेपालको स्वास्थ्य क्षेत्रको लागि निकै नै गौरवको कुरा रहेको बताएका छन् । 

‘एक महिना यति धेरै मृगौला सफलतापूर्वक प्रत्यारोपण हुनु नेपालको चिकित्सक क्षेत्रको निकै ठूलो सफलता हो,’ डा. श्रेष्ठले भने । आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले १८६ जनाको मृगौला  र ८ जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ ।

विभिन्न प्रदेशबाट मृगौला आएका बिरामीको उमेर संख्या १४ देखि ७१ रहेको र सफलतापूर्वक मृगौला तथा कलेजो प्रत्यारोपण गरेको अस्पतालले जानकारी दिएका छ । उक्त आर्थिक वर्षमा नै केन्द्रले एक मस्तिष्क मृत्यु भएका युवकको मृगौला र कलेजो २ व्यक्तिमा सफलतापूर्वक मृगौला र कलेजो प्रत्यारोपणसमेत गरेको थियो । 

उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशकि अस्पताल सुर्खेतमा ३,  पोखरामा ३ र भेरी  अस्पतालमा २ जनाको मृर्गौला  प्रत्यारोपणसमेत भएको केन्द्रले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully