‘ब्रेन डेथ’ भएका व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका महर्जन १९ औं दिनमा डिस्चार्ज

जेष्ठ २२, २०८२

आरती पौडेल

Kidney and liver transplants of people with 'brain death' were discharged on the 19th day

काठमाडौँ — नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु (ब्रेन डेथ)भएका व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका व्यक्ति १९ औं दिनमा डिस्चार्ज भएका छन् । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा गत जेठ १ गते साँझ मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका शिव महर्जनलाई आइतबार डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । 

मिर्गौला र कलेजो प्रत्यारोपण गरेका व्यक्तिको स्वास्थ्यमा राम्रो सुधार आएपछि डिस्चार्ज गरेको वरिष्ठ शल्यचिकित्सक डा. पुकार श्रेष्ठले जानकारी दिए ।

कलेजो र मिर्गौला प्रत्यारोपणछि डिस्चार्ज भएका शिव महर्जनले यस्तो शल्यक्रिया नेपालमै हुन्छ भनेर कल्पना पनि नगरेको बताए । महर्जन भन्छन्,‘यस्तो जटिल शल्यक्रिया सस्तो शुल्कमा यति छिटो नेपालमै प्रत्यारोपण हुन सक्छ भनेर कल्पना नै गरेको थिइन । अंग प्रत्यारोपण पछि सपना जस्तै लागिरहेको छ ।’

Kidney and liver transplants of people with 'brain death' were discharged on the 19th day

काठमाडौं नारायण गोपालचोकमा सवारी दुर्घटनापछि उपचारका क्रममा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) घोषणा गरिएका १८ वर्षका दोर्जेमान तामाङको अंग झिकेर प्रत्यारोपण गरिएको थियो । दोर्जेको एक मृगौला र कलेजो शिव महर्जनमा र अर्को मिर्गोला ४२ वर्षीया फुलमाया नेपालीलाई प्रत्यारोपाण गरिएको हो । 

फुलमायाको स्वास्थ्यमा सुधार आएपछि जेष्ठ १४ गते डिस्चार्ज गरिसककेको अस्पतालले जनाएको छ । डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिका अंग दुवै व्यक्तिमा प्रत्यारोपण सफल हुनु नेपाली स्वास्थ्य क्षेत्र र चिकित्सक सफल भएको बताएका छन् । 

उनी भन्छन्,‘नेपालमै यस्तो जटिल प्रत्योरोपण सफल हुनु भनेको नेपाली चिकित्सकहरु सफल हुनु हो । यस्तो जटिल प्रत्यारोपण सफल भयो । हाम्रो स्वास्थ्य सेवा (क्षेत्र) निकै नै अगाडि बढेको छ ।’

वरिष्ठ शल्यचिकित्सक डा. श्रेष्ठ नेतृत्वको प्रत्यारोपण टोलीमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौला प्रत्यारोपणका लागि भने डा. दीपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का संलग्न थिए ।

Kidney and liver transplants of people with 'brain death' were discharged on the 19th day

यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए ।

यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर वज्राचार्य सहभागी थिए । रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए । 

प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए । यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, तारा सााध, सरु कोजू, बन्दना खत्रीले समन्वय गरेका थिए ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully