उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलनमा, इमर्जेन्सीबाहेकका सेवा बन्द

असार २३, २०८२

प्रशान्त माली

In the doctors' protest against the decision of the consumer court, the services except for emergency are closed

काठमाडौँ — उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । संघको आह्वानमा सोमबार मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेका छन् । 

उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेको थियो । अदालतले गत असारमा महिलाले उपचारमा लापर्बाही भएको भन्दै गरेको उजुरीमा ग्रान्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

In the doctors' protest against the decision of the consumer court, the services except for emergency are closedतस्बिरहरू : दिपेन श्रेष्ठ/कान्तिपुर

चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ र उपचारमा भएको लापर्बाहीको मुद्दामा चिकित्सकलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश दिएको थियो । त्यस्तै उपचारमा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै हिमाल हस्पिटल र बिरामीको उपचारमा संलग्न चिकित्सकलाई दोषी ठहर गर्दै अस्पताल र चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।

In the doctors' protest against the decision of the consumer court, the services except for emergency are closedयसमा अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सकले ३० प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला भएको थियो । अदालतको फैसलाविरुद्ध संघले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ । संघले असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्ने मात्र नभई २४ गते मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने जनाएको छ ।

In the doctors' protest against the decision of the consumer court, the services except for emergency are closed

In the doctors' protest against the decision of the consumer court, the services except for emergency are closed

In the doctors' protest against the decision of the consumer court, the services except for emergency are closed

प्रशान्त

Link copied successfully