छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Missed children will be vaccinated on Baisakh 31

काठमाडौँ — सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले छुटेका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । 'नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ', उनले भने, 'त्यो दिन विगतमा नियमित खोप छुटेका बालबालिकाले खोप लगाउनेछन् ।'

नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखा प्रमुख डा. गौतमले बाँकी पाँच प्रतिशत छुटेका बालबालिकालाई खोजी गरी खोप लगाइने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप छुटेका सबै बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकहरूलाई आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully