स्वास्थ्य बिमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा 

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

About 4 billion additional disbursements for health related programs including health insurance

काठमाडौँ — अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन् । 

जसमा स्वास्थ्य बिमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।

कान्तिपुर

Link copied successfully