नेपाल फिजियोथेरापी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Selection of new central working committee of Nepal Physiotherapy Association

काठमाडौँ — नेपाल फिजियोथेरापी संघ(नेप्टा)को २०८१-८३ का लागि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । संघको ११औँ महाधिवेशनबाट १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो 

समिद कतिला श्रेष्ठ अध्यक्ष ,उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन  भएका छन् । यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौशल दास, मधेशी सदस्यमा नवीनकुमार जैसवाल चयन भएका हुन्। राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन भएको निर्वाचन समितिले जनाएको छ । 

देशभर तीन हजार फिजियोथेरापिस्ट रहेकामा संघमा करिब ११ सय सदस्य आबद्ध रहेका जनाइएको छ ।  चुनाव अनलाइन माध्यमबाट भएको थियो ।

कान्तिपुर

Link copied successfully