पूर्वीनवलपरासीको बौदिकालीमा कार र बस ठोक्किँदा ४ जना घाइते

असार ३२, २०८२

माधव अर्याल, नारायण शर्मा, नवीन पौडेल

4 people were injured when a car and a bus collided at Boudikali in East Nawalparasi

नवलपरासी र पाल्पा — पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका-३ खैरेनीमा कार र बस ठोक्किँदा चार यात्रु घाइते भएका छन् ।

कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा रामपुरदेखि नवलपुरको डेढगाउँतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैंडाकोटदेखि पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०४३८ नम्बरको ब बुधबार दिउँसो एक आपसमा ठोक्किएको हो । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालका अनुसार दुर्घटनामा घाइते हुनेमा कार चालक तनहुँ भिमादका विवेक शाह, पदमराज जोशी, जंगबहादुर राना र व्यास नगरपालिका–११ का ४९ वर्षीय केशव रुचाल रहेका छ्न् । 

घाइतेको रामपुर अस्पताल पाल्पामा सामान्य उपचारपछि पोखरा पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully