राप्रपा पूर्वी नवलपरासीको अध्यक्षमा अधिकारी 

आश्विन ३, २०७८

नारायण शर्मा

पूर्वी नवलपरासी — राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्वी नवलपरासीको अध्यक्षमा विष्णु अधिकारी निर्विरोध चयन भएका छन् । कावासोतीमा भएको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । पदाधिकारीहरु पछि चयन गरिने जनाइएको छ । 

अध्यक्षले जिल्ला समितिमा निर्वाचितहरुबाट जिल्लाका अरु पदाधिकारी चयन गर्ने व्यवस्था छ । अविधेशनले जिल्ला सदस्यमा वीरबहादुर कार्की, चन्द्रकला कँडेल, काशीराम सापकोटा, चन्द्रकला खड्का, पिताम्बर भुसाल, उमादेवी तिवारी, हिरालाल सापकोटा, गुणलाल श्रेष्ठ, मनरुपा जैसी, सोमबहादुर भण्डारी क्षेत्री, राजकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, बेगम विक, विमल रिमाल, बमबहादुर मल्ललगायत रहेका छन् ।

राप्रपाका वरिष्ठ नेता बृद्धिमान तामाङले अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले नेपालमा हिन्दु राष्ट्र सहितको राजतन्त्र आवश्यक रहेकोमा जोड दिए । राप्रपा एमसीसीको विपक्षमा रहेको उनले सुनाए । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully