पोखरा — गण्डकी प्रदेशमा बिहीबार र शुक्रबार २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । एकै दिन संंक्रमितको मत्यु भएको यो संख्या हालसम्मकै उच्च हो ।
कास्कीको पोखरा–१५ की ५४ वर्षीय महिलाले फिस्टेल अस्पताल, पोखरा–४ का ८२ वर्षीय पुरूषले चरक मेमोरियल अस्पताल, पोखरा–१७ का ६३ वर्षीय पुरूषले ग्यालेक्सी अस्पताल, कास्कीकै रुपा गाउँपालिका–१ का ६६ वर्षीय पुरूषको संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
पोखरा–१३ का ६० वर्षीय पुरूष, पोखरा–२८ की ४८ वर्षीया महिला, स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय पुरूष र पुतलीबजार–३ का ७० वर्षीय पुरूष संक्रमितले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गुमाए । पोखरा–३३ का ४० वर्षीय पुरूष, पोखरा–२३ का ७६ वर्षीय पुरूष, पोखरा–२५ का ४२ वर्षीय पुरूष, स्याङ्जा आँधिखोला–३ का ५१ वर्षीय पुरूष, गल्याङ–३ का २६ वर्षीय पुरूष, वालिङ–१० का ५३ वर्षीय पुरूष, तनहुँ भीमाद नगरपालिका–६ की ४४ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका–६ का ४८ वर्षीय पुरूष र म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरूष संक्रमितको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गयो ।
पोखरा–१७ का ३१ वर्षीय पुरूष, पाल्पाको तानसेन नगरपालिका–३ की ७७ वर्षीया महिला, स्याङ्जाको गल्याङ–११ का ५७ वर्षीय पुरूष संक्रमितको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भयो । बागलुङको बडिगाड गाउँपालिका–४ का ४० वर्षीय पुरूष र बागलुङ नगरपालिका–७ का ६३ वर्षीय पुरूष संक्रमितको धौलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भयो ।
प्रदेशमा गत २४ घण्टामा १ हजार ७ सय ५८ जनामा भएको पीसीआर परीक्षणमा ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । निको हुनेको संख्या ४ सय ३१ छ । प्रदेश स्वास्थ्य निर्देशनालयको अद्यावधिक तथ्यांक अनुसार प्रदेशमा हाल ७ हजार २ सय ५७ सक्रिय संक्रमित छन् । तीमध्ये ७ हजार ११ जना होम आइसोलेसनमा छन् । हालसम्म भने संक्रमितको संख्या १ लाख ३४ हजार १ सय ९८ र मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ । प्रदेशमा सबैभन्दा धेरै कास्की जिल्लामा ३ हजार ६ सय ३० सक्रिय संक्रमित छन् ।
