गोरखा — उपचारको क्रममा शुक्रबार मृत्यु भएका दुई जना पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पालुङटार नगरपालिका–२ का ६५ वर्षीय पुरुषको शुक्रबार साँझ कोरोना रिपोर्ट पोजेटिभ प्राप्त भएको नगरपालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए । छिमेकीमा कोरोना देखिएपछि उनको वैशाख २७ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । शुक्रबार दिउँसो ती पुरुषको उपचारको क्रममा आँपपिपल अस्पतालमा मृत्यु भएको थियो ।
सम्बन्धित समाचार :
त्यस्तै, शहिद लखन गाउँपालिका–४ का पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । ‘क्षेत्रीय प्रयोगशाला पोखराबाट साँझ साढे ५ बजे पोजेटिभ रिपोर्ट प्राप्त भयो ।,’ उनले भने । परिवारका सदस्यमा कोरोना पुष्टि भएपछि वैशाख २८ गते पीसीआर परीक्षणका लागि उनले स्वाब दिएका थिए । ४२ वर्षीय ती पुरुषको उपचारको क्रममा काठमाडौंस्थित टेकु अस्पतालमा मृत्यु भएको हो ।
