मकवानपुर २ (१) माओवादीकी कुमारी मोक्तान विजयी

मंसिर ७, २०७९

सुवास विडारी

मकवानपुर — नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य कुमारी मोक्तान प्रदेशसभा मकवानपुर २ (१) मा विजयी भएकी छन् । 

नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मत अन्तरले हराउँदै उनी विजयी भएकी हुन् । उनले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् । कुमारी प्रदेशको  सामाजिक विकासमन्त्री हुन् ।

आमनिर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully