मकवानपुर १(२) : एमालेका श्रेष्ठ विजयी

मंसिर ७, २०७९

सुवास विडारी

(मकवानपुर) — मकवानपुरको प्रदेशतर्फ क्षेत्र नम्बर १(२) को सदस्यमा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

४५ हजार २५६ मत खसेकोमा विजयी श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दै प्रदेशसभाको यात्रा तय गरे । उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरे । श्रेष्ठ एमाले मकवानपुर अध्यक्ष समेत हुन् । 

राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् ।

आमनिर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully