कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मकवानपुर १(२) : एमालेका श्रेष्ठ विजयी

सुवास विडारी

(मकवानपुर) — मकवानपुरको प्रदेशतर्फ क्षेत्र नम्बर १(२) को सदस्यमा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् ।

मकवानपुर १(२) : एमालेका श्रेष्ठ विजयी

कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

४५ हजार २५६ मत खसेकोमा विजयी श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दै प्रदेशसभाको यात्रा तय गरे । उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरे । श्रेष्ठ एमाले मकवानपुर अध्यक्ष समेत हुन् ।

राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?