मुस्ताङमा अजिता शर्मा, खोटाङमा रेखा कँडेल, कास्कीमा रुद्रादेवी शर्मा, संखुवासभामा सिर्जना थपलिया, तेह्रथुममा बन्दना राई, सोलुखुम्बुमा लीला केसी, सिन्धुलीमा स्किम श्रेष्ठ, पाल्पाकी बिनु वज्राचार्य, डोल्पामा जुनु हमाल ढकाल, रुकुम पूर्वमा सीता परियार, डोटी जिल्लामा कल्पना नेपालले चुनावमा प्रशासनिक कमान्ड सम्हाले।
What you should know
काठमाडौँ — हिमाली परिवेशबीच आमनिर्वाचन २०८२ सम्पन्न गराउनु मुस्ताङकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अजिता शर्माका लागि चुनौती र अनुभव दुवै बन्यो । गत मंसिरमा मात्रै मुस्ताङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी तिवारीका लागि यो पहिलो पटक प्रजिअको रूपमा निर्वाचन सञ्चालन गर्ने अवसर थियो । यसअघि उनले २०६४, २०७३ र २०७९ का निर्वाचनमा
विभिन्न स्थानमा मतदान अधिकृतको जिम्मेवारी सम्हालिसकेकी थिइन् । तर सिंगो जिल्लाको प्रशासनिक नेतृत्व गर्दै निर्वाचन सम्पन्न गराउनु भने उनका लागि फरक चुनौती थियो ।
‘मतदान अधिकृतका रूपमा काम गर्दा एउटा मतदान केन्द्रको जिम्मेवारी हुन्छ तर प्रजिअका रूपमा भने सिंगो जिल्लाको व्यवस्थापन हेर्नुपर्छ । हिमाली जिल्ला भएकाले यहाँका चुनौती पनि फरक छन्,’ उनले भनिन् । मुस्ताङमा निर्वाचनमा ४० वटा मतदान केन्द्र थियो । तीमध्ये धेरै केन्द्र दुर्गम र कठिन भूगोलमा पर्ने भएकाले आवश्यक सामग्री, कर्मचारी र सुरक्षा व्यवस्थापन पुर्याउन प्रशासनले विशेष तयारी गर्नुपरेको उनले बताइन् ।
विभिन्न स्थानमा मतदान अधिकृतको जिम्मेवारी सम्हालिसकेकी थिइन् । तर सिंगो जिल्लाको प्रशासनिक नेतृत्व गर्दै निर्वाचन सम्पन्न गराउनु भने उनका लागि फरक चुनौती थियो ।विशेषगरी माथिल्लो मुस्ताङका मतदान केन्द्रमा भौगोलिक विकटता ठूलो चुनौती थियो । यातायात र पूर्वाधार सीमित हुनु अर्को समस्या थियो । तर प्रशासन, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा आवश्यक व्यवस्थापन मिलाएर मतदान प्रक्रिया सञ्चालन गरिएको उनले बताइन् । निर्वाचन तयारी चलिरहेकै बेला माघ १३ र १४ मा परेको हिमपातले थप चुनौती सिर्जना गर्यो । बाक्लो हिउँ परेपछि केही स्थानमा आवतजावत नै प्रभावित भयो । विशेषगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित हिमाली आधारभूत विद्यालय साङता, जहाँ ४ हजार ४ सय मिटर उचाइ काटेर क्षेत्रतर्फ जाने क्रममा समस्या देखियो ।
मतदान केन्द्र अनुगमनको अनुभव सुनाउँदै उनले भनिन्, ‘हिउँ परेपछि बाटो नै बन्दजस्तै भयो, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका साङता मतदान केन्द्रमा टोली आधा बाटोसम्म पुगेपछि फर्किनुपरेको थियो, तर गाउँपालिका सुरक्षा निकाय सबैको समन्वयमा हिउँ पन्छाएर चुनाव गराउन सफल भयौं ।’ मतदान केन्द्रसम्म जान नसक्ने अवस्था आएर गृह मन्त्रालयसँग समन्वय गरेर हेलिकोप्टरको व्यवस्थासमेत गरिए पनि पछि आवश्यक नपरेको उनले बताइन् । हिमपातका कारण केही समयका लागि निर्वाचन तयारीमा अवरोध आए पनि स्थानीय तह, सुरक्षा निकाय र प्रशासनबीच समन्वय गरेर समस्या समाधान गर्ने प्रयास गरिएको जानकारी दिँदै उनले बाटो खुलाउने प्रयासपछि स्थानीय पालिकाको सहयोगमा मतदान सञ्चालन गर्न सम्भव भएको उनले बताइन् ।
शर्माका अनुसार मुस्ताङमा निर्वाचन सञ्चालन गर्दा मौसम र भूगोल सबैभन्दा ठूलो चुनौती रहे । जिल्लाका ४० मतदान केन्द्रमध्ये १० वटा केन्द्रलाई संवेदनशील सूचीमा राखिएको थियो । भौगोलिक विकटता, मतदाता संख्या तथा सूचना सञ्चारको पहुँचका आधारमा ती केन्द्रलाई संवेदनशील मानिएको उनले जानकारी दिइन् । ती स्थानमा अतिरिक्त सुरक्षा व्यवस्था गरिएको थियो । मतदाता शिक्षाको अवस्था भने मुस्ताङमा समग्रमा राम्रो रहेको तिवारीको अनुभव छ । भनिन्, ‘हिमाली जिल्ला भए पनि यहाँका मतदातामा निर्वाचनप्रतिको चासो र सहभागिता उत्साहजनक थियो, यस जिल्लामा ५६ प्रतिशत मत खसेको छ ।’ मुस्ताङमा जाडो छल्न धेरै स्थानीय बासिन्दा पोखरा, काठमाडौंलगायत सहरतर्फ बसाइँ सर्ने चलन सामान्य मानिन्छ । चिसो मौसम सुरु भएपछि धेरै परिवार अस्थायी रूपमा सहरतर्फ बसाइँ सर्ने गरे पनि निर्वाचनका बेला घर फर्किएको उनले बताइन् ।
पहाडी जिल्ला भएकाले भूगोल, यातायात र सञ्चार पूर्वाधारसँग सम्बन्धित चुनौती देखिएका थिए । उनका अनुसार खोटाङमा मतदान सामग्री ढुवानी नै ठूलो चुनौती बनेको थियो । धेरै स्थानमा कच्ची सडक भएकाले सामग्री पुर्याउन समय र व्यवस्थापनमा कठिनाइ भयो ।निर्वाचन आचारसंहिता उल्लंघनका केही साना घटना भए पनि ती सर्वदलीय सहमतिमा समाधान गरिएको उनको भनाइ छ । ‘यहाँ सबै दलबीच संवादको वातावरण राम्रो छ समस्या आए पनि छलफल गरेर समाधान गर्ने चलन छ जसले गर्दा चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न भयो,’ उनले भनिन् । पहाडी जिल्ला खोटाङमा पनि निर्वाचन व्यवस्थापनको जिम्मेवारी महिलाकै नेतृत्वमा भयो । खोटाङकी प्रजिअ रेखा कँडेलका लागि पनि निर्वाचन २०८२ चुनौतीपूर्ण र महत्त्वपूर्ण अनुभव बन्यो । गत पुस महिनामा मात्र खोटाङमो प्रजिअको जिम्मेवारी सम्हालेकी कँडेलका लागि पनि यो पहिलो निर्वाचन अनुभव थियो ।
पहाडी जिल्ला भएकाले भूगोल, यातायात र सञ्चार पूर्वाधारसँग सम्बन्धित चुनौती देखिएका थिए । उनका अनुसार खोटाङमा मतदान सामग्री ढुवानी नै ठूलो चुनौती बनेको थियो । धेरै स्थानमा कच्ची सडक भएकाले सामग्री पुर्याउन समय र व्यवस्थापनमा कठिनाइ भयो । ‘पहाडी भूगोल भएकाले यातायात र सञ्चारको समस्या स्वाभाविक थियो तर सबै पक्षको सहयोगले निर्वाचन व्यवस्थित रूपमा सम्पन्न गर्न सकियो,’ उनले भनिन् ।
खोटाङमा १९७ वटा मतदान केन्द्र तोकिएका थिए । तीमध्ये १९५ वटा प्रत्यक्षतर्फका मतदान केन्द्र थिए भने दुई वटा समानुपातिक मतदान केन्द्र राखिएका थिए । जिल्लाभर मतदान अधिकृतका रूपमा दुई उपसचिव स्तरका कर्मचारी खटाइएको उनले बताइन् । निर्वाचनको क्रममा कँडेल स्वयं पनि जिल्लाका विभिन्न मतदान केन्द्रमा पुगेर अनुगमन गरेकी थिइन् । भौगोलिक विकटताका बाबजुद धेरै केन्द्रमा पुगेर प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएको उनले बताइन् ।
खोटाङमा मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि मतदाता शिक्षाको अवस्था भने अपेक्षाकृत कमजोर रहेको उनले बताइन् । त्यसका कारण धेरै मत बदर भएको उनको भनाइ छ । ‘मतदान सुरक्षित रूपमा सम्पन्न भयो तर मतदाता शिक्षा कमजोर भएकाले मत बदरको संख्या धेरै देखियो,’ उनले भनिन्, ‘देशको राजनीतिक परिस्थितिका कारण सुरुमा चुनाव गराउनु चुनौती महसुस गराएको थियो, दलहरूबीच सहकार्य कस्तो हुन्छ भन्ने प्रश्न आफैंमा उठेको थियो ।’
निर्वाचनको तयारीका क्रममा धेरै पटक सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहिताबारे स्पष्ट समझदारी बनेपछि वातावरण सहज भएको उनले बताइन् । जिल्लामा मतदान केन्द्रहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको थियो । २१ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील, ६४ वटा केन्द्रलाई संवेदनशील र ५३ वटा केन्द्रलाई सामान्य केन्द्रका रूपमा वर्गीकरण गरिएको थियो । मतदान केन्द्रहरू यातायातको अवस्था, सञ्चार सुविधा, विगतका निर्वाचनका घटनालगायत आधारमा वर्गीकरण गरिएको थियो ।
उनका अनुसार २२ फागुनको बिहान ८ बजेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाममा आइपुगेका थिए । सीमित स्रोतसाधनका बाबजुद प्रशासन, प्रहरी, कर्मचारी र स्थानीय तहको समन्वयले निर्वाचन सफल भएको कँडेलको भनाइ छ । सीमित स्रोतसाधनमा पनि निर्वाचन सम्पन्न गराउन प्रशासन, प्रहरी र स्थानीय तहबीचको सहकार्य अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् ।
प्रमुख पर्यटकीय स्थान पोखरा रहेको कास्की जिल्ला प्रशासनिक दृष्टिले पनि संवेदनशील मानिन्छ । पर्यटन, धेरै जनसंख्या, तीव्र आवतजावत र विविध गतिविधिबीच निर्वाचन सञ्चालन गर्नु प्रशासनका लागि सहज थिएन । यस्तै परिवेशमा आमनिर्वाचन सम्पन्न गराउने जिम्मेवारी कास्कीकी प्रजिअ रुद्रादेवी शर्माको काँधमा थियो ।
उनका लागि प्रजिअका रूपमा निर्वाचन सञ्चालन गराउने यो दोस्रो अनुभव हो । यसअघि २०७९ को निर्वाचन उनले भक्तपुर जिल्लामा प्रजिअका रूपमा नेतृत्व गर्दै सम्पन्न गराइसकेकी छन् । निर्वाचन व्यवस्थापनको अनुभव भए पनि कास्कीको फरक सामाजिक र भौगोलिक परिवेशले उनलाई नयाँ चुनौतीको सामना गरायो । शर्माका अनुसार निर्वाचन हुने समय देशको समग्र राजनीतिक परिस्थिति संवेदनशील अवस्थामा थियो । त्यसैले सुरक्षा व्यवस्थापनका विषयमा प्रशासन निकै सचेत रहेको उनले बताइन् ।
‘जेन–जी आन्दोलनपश्चात् कतिपय कैदी बाहिर रहेको अवस्था थियो, अवैध हतियारले सुरक्षा चुनौती थपिएको देखिन्थ्या,े यही सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले निर्वाचनअघि नै विस्तृत सुरक्षा योजना तयार थियो,’ उनले भनिन्, ‘निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार काम गर्दै सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला पक्षहरूसँग निरन्तर समन्वय गरिएकाले निर्वाचन प्रक्रिया व्यवस्थित र सहज रूपमा अघि बढाइएको थियो ।’
प्रमुख पर्यटकीय स्थान पोखरा रहेको कास्की जिल्ला प्रशासनिक दृष्टिले पनि संवेदनशील मानिन्छ । पर्यटन, धेरै जनसंख्या, तीव्र आवतजावत र विविध गतिविधिबीच निर्वाचन सञ्चालन गर्नु प्रशासनका लागि सहज थिएन । यस्तै परिवेशमा आमनिर्वाचन सम्पन्न गराउने जिम्मेवारी कास्कीकी प्रजिअ रुद्रादेवी शर्माको काँधमा थियो ।प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी केवल प्रशासनिक सेवा प्रवाहमा मात्र सीमित हुँदैन । निर्वाचनको समयमा भने त्यो जिम्मेवारी अझ बढेर सुरक्षा व्यवस्थापन, समन्वय र निर्वाचन सञ्चालनको नेतृत्वमा केन्द्रित हुने गर्छ । शर्माका अनुसार निर्वाचनको समयमा सेवा प्रवाहलाई निरन्तरता दिनु, अपराधका घटनालाई न्यूनीकरण गर्नु र चुनावी गतिविधिलाई व्यवस्थित बनाउनु लगायतका जिम्मेवारी एकैसाथ सम्हाल्नुपर्ने हुन्छ ।
कास्की जिल्लामा यस पटक ३६३ वटा मतदानस्थल रहेका थिए । ती सबै मतदानस्थलको निरीक्षण गर्ने जिम्मेवारी पनि जिल्ला प्रशासनकै थियो । मतदानस्थलहरूको निरीक्षण गर्दा भौतिक पूर्वाधार, पहुँच, सुरक्षा अवस्था र व्यवस्थापनको तयारीबारे मूल्यांकन गरिएको उनले बताइन् । उनका अनुसार धेरैजसो योजना कार्यालयमा बसेर तयार गरिन्छन्, तर वास्तविक अवस्था भने फिल्डमा पुगेर मात्र बुझ्न सकिन्छ ।
उनले आफ्नो कार्यअनुभव सुनाउँदै भनिन्, ‘कार्यालयमा बसेर योजना बनाइएको हुन्छ, तर फिल्डमा पुग्दा अर्कै अवस्था देखिन्छ त्यसैले हामी योजना हातमै लिएर मतदान केन्द्रहरूमा पुग्थ्यौं र त्यहीअनुसार आवश्यक सुधार गर्दै अघि बढ्थ्यौं । ’ मतदान केन्द्रहरूको अवस्थाअनुसार तत्काल निर्णय लिनुपर्ने अवस्था पनि आउने गरेको उनले सुनाइन् । कतिपय स्थानमा पूर्वाधार सुधार गर्नुपर्ने, सुरक्षा थप गर्नुपर्ने वा व्यवस्थापन मिलाउनुपर्ने अवस्था देखिने गरेको थियो । मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा संकलन र ढुवानी गर्नु अर्को महत्त्वपूर्ण जिम्मेवारी हुन्छ । ‘पहिला कतिपय स्थानबाट मतपेटिका ल्याउँदा रातको दुई बजेसम्म लाग्थ्यो तर यस पटक राम्रो व्यवस्थापनका कारण धेरैजसो मतपेटिका राति ९ बजेसम्म सदरमुकाममा ल्याइसक्यौं,’ उनले भनिन् ।
कास्की जिल्लाका केही गाउँ भौगोलिक रूपमा अझै पनि दुर्गम मानिन्छन् । विशेषगरी अन्नपूर्ण गाउँपालिकाको छुङरुङ गाउँलगायतका क्षेत्रबाट मतपेटिका ल्याउन विशेष योजना नै बनाउनुपरेको थियो । त्यस्ता स्थानमा मतदान केन्द्रबाट सीधै गाडी पुग्ने अवस्था नहुने भएकाले दुई घण्टासम्म पैदल हिँडेर मात्र गाडी पुग्ने स्थानसम्म मतपेटिका ल्याउनुपर्ने अवस्था भोगेको उनले बताइन् ।
जिल्लामा निर्वाचन व्यवस्थापन गर्दा केही फरक चुनौती पनि देखिएका थिए । पोखरा पर्यटकहरूको प्रमुख गन्तव्य भएकाले दैनिक विभिन्न सांस्कृतिक, धार्मिक तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम भइरहने हुनाले विशेषगरी मौन अवधिमा त्यस्ता गतिविधि व्यवस्थापन गर्नु प्रशासनका लागि चुनौतीपूर्ण बनेको उनले बताइन् । भनिन्, ‘पोखरा पर्यटनको केन्द्र भएकाले यहाँ धेरै कार्यक्रम भइरहन्छन् । सांस्कृतिक कार्यक्रम, धार्मिक कार्यक्रम वा पर्यटन गतिविधि पूर्ण रूपमा रोक्न पनि सकिँदैन त्यसैले सुरक्षा व्यवस्थापनमा केही द्विविधा उत्पन्न हुन्थ्यो ।’
त्यस्ता अवस्थालाई ध्यानमा राख्दै प्रशासनले कार्यक्रमहरूलाई व्यवस्थित गर्ने, निगरानी बढाउने र सम्भावित जोखिमलाई नियन्त्रण गर्ने रणनीति अपनाएको उनले बताइन् । निर्वाचनको क्रममा साना–तिना घटना भने देखिएका थिए । तर ठूलो आपराधिक घटना नभएको उनले बताइन् । मदिरा सेवन गर्नेदेखि सामान्य आपराधिक घटना घटाउने व्यक्तिलाई प्रशाासनले कारबाही गरेको उनले जानकारी दिइन् । उनका अनुसार प्रशासन, प्रहरी, सुरक्षा निकाय, निर्वाचन कार्यालय र स्थानीय तहबीचको समन्वयले नै निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
मुस्ताङ, खोटाङ र कास्कीसहित ११ प्रजिअहरूले निर्वाचनको जिल्लाको नेतृत्व सम्हालेका थिए । संखुवासभामा सिर्जना थपलिया, तेह्रथुममा बन्दना राई, सोलुखुम्बुमा लीला केसी, सिन्धुलीमा स्किम श्रेष्ठ, पाल्पाकी बिनु वज्राचार्य, डोल्पामा जुनु हमाल ढकाल, रुकुम पूर्वमा सीता परियार, डोटीमा कल्पना नेपालले जिम्मेवारी सम्हालेका थिए ।
जिल्ला सुरक्षाको कमान्डमा दुई महिला
निर्वाचन २०८२ को इपिसेन्टर मानिएको थियो झापा–५ । सुरक्षा चुनौतीका रूपमा हेरिएको थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीचको प्रतिस्पर्धाले यस क्षेत्रको चुनावी चर्चा चुलिएको थियो । चुनावको अन्तिम समयमा झापा जिल्लाको प्रहरी नेतृत्व सम्हाल्न पुगिन् प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का ।
उनी यसअघि बागमती प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन् । काभ्रेमा कार्यरत रहँदा विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेश प्रहरीले सम्मान गरेको थियो । झापामा उनको नेतृत्वमा नेपाल प्रहरीले निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागू गरेको थियो । मतदान केन्द्रहरूको संवेदनशीलता मूल्यांकन गर्दै उच्च जोखिम भएका स्थानहरूमा अतिरिक्त प्रहरी परिचालन गरिएको थियो । साथै निरन्तर गस्ती, निगरानी प्रणाली, आकस्मिक प्रतिक्रिया टोली (क्विक रेस्पोन्स टिम) तथा सूचना संकलन प्रणालीलाई समेत सुदृढ बनाइएको थियो ।
निर्वाचनको समयमा मुस्ताङबारे अर्को रोचक सन्दर्भ पनि चर्चामा आयो । चुनावी अभियानका क्रममा प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ अवलोकनका लागि पुगेकी थिइन् । उनले मुस्ताङको प्रशासनिक संरचना अवलोकन गर्दै ‘यो त महिलाले हाँकेको जिल्ला रहेछ’ भनेर टिप्पणी गरेकी थिइन् । त्यसपछि मुस्ताङ ‘महिलाले हाँकेको जिल्ला’ का रूपमा चर्चित हुन थाल्यो । प्रमुख जिल्ला अधिकारी अजिता तिवारी मात्र होइन, मुस्ताङ जिल्ला प्रहरी कार्यालयको नेतृत्व पनि महिला प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले सम्हालेकी थिइन् ।
प्रशासन र सुरक्षा दुवै नेतृत्वमा महिलाको उपस्थितिका कारण यो निर्वाचन क्षेत्रलाई पनि विशेष चासोका रूपमा हेरिएको थियो । लामाको नेतृत्वमा २ सय प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रमुखको भूमिकामा उनले पहिलो चुनावको कमान्ड सम्हालेकी हुन् । गत वैशाखमा प्रमुख भएर जिल्ला पुगेकाले उनको यो पहिलो चुनावी कमान्ड सम्हालेको अनुभव हो ।
उनले हिमाल भेग भनिए पनि सबै स्थानमा सवारीसाधन पुग्ने भएकाले सहज भएको बताइन् । उनका अनुसार जिल्लामा गाडी पुग्ने स्थानमा गाडी, पुग्ने नभए बाइक पुग्ने बताइन् । उनले भनिन्, ‘यातायातको सुविधा राम्रो नै छ । गाडी पुग्न नसकेको स्थानमा बाइकसम्म पुग्ने गर्दथ्यो । सडक सुविधा भए पनि भौगोलिक विकटता मुख्य चुनौती रहेको उनले बताइन् । सदरमुकामबाट ५, ६ घण्टासम्मको बाटोमा मतदान केन्द्र रहेको बताउँदै उनले हिउँ छिचोल्दै मतदान केन्द्रसम्म पुगेको बताइन् । चुनावअघिसम्म मतदान केन्द्रहरूमा पुगेकी उनले चुनावको दिन कन्ट्रोल रुममै बसेर जिम्मेवारी सम्हालेको बताइन् ।
