सन् २०२५ मा टिकटकमा नेपालीले सबैभन्दा धेरै के खोजे ?

भिडियो सेयरिङ एप, टिकटकले वर्ष २०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजी भएका कन्टेन्ट क्रिएटर, खेलाडी, स्थान, टीभी कार्यक्रम, गीत र खानाको सूची सार्वजनिक गरेको छ ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

What did Nepalis search for the most on TikTok in 2025?

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ मा नेपालबाट सर्वाधिक खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ । प्रयोगकर्ताको रुचि र खोज व्यवहारलाई समेट्ने उक्त सूचीले मनोरञ्जनदेखि दैनिक जीवनका निर्णयसम्म टिकटक ‘सर्च’ भरपर्दो माध्यम बन्दै गएको संकेत गर्छ । टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले नेपालमा टिकटक ‘सर्च’ अब केवल भिडियो हेर्ने माध्यममा सीमित नरहेको बताए ।

‘यस वर्ष सर्वाधिक खोजिएका विषयले नेपालीहरू केही न केही नयाँ कुरा सिक्न र जान्न चाहेको देखाउँछ,’ टिकटकले विज्ञप्तिमा भनेको छ, ‘नयाँ ठाउँ खोज्ने र घुम्ने योजना बनाउन, रमाइलो गर्न टिकटक प्रयोग भएको छ । साथै, यसले नेपालीको अहिलेको रुचि पनि झल्काउँछ, जसमा चर्चित कलाकार, नाटक, भाइरल गीत–संगीत र सामाजिक सञ्जालमा चर्चामा रहेका विषयहरू समेटिएका छन् ।’

टिकटकका अनुसार सन् २०२५ मा शोबिज सेलेब्रिटीमध्ये प्रियंका कार्की, राजेश हमाल, स्वस्तिमा खड्का, रेखा थापा र मदनकृष्ण श्रेष्ठबारे टिकटकमा धेरै खोजी गरिएको थियो । टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाउने कम्पनीको दाबी छ । यसमा दशैं–तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि खाना पकाउने रेसिपीसम्म खोजिएको पाइन्छ ।

‘टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ,’ टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भनेका छन्, ‘मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेका हुन्छन् ।’ खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रिपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेलअघि रिभ्यु हेर्नसमेत टिकटकलाई आधार बनाउने गरिएको उनको भनाइ छ । 

What did Nepalis search for the most on TikTok in 2025?

‘यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासासँग जोडिरहेको स्पष्ट रूपमा देखाउँछ,’ नवीदको भनाइ छ । २०२५ को अन्त्यसँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामूहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर–केन्द्रित खोजहरूले भरिएको रहेको देखाउने विज्ञप्तिमा उल्लेख छ ।

सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटरमा सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी र आना शर्मा रहेका छन् ।

What did Nepalis search for the most on TikTok in 2025?

सबैभन्दा धेरै खोजिएका खेलाडीमा साम्बा, विमल घर्ती मगर, दीपेन्द्र सिंह ऐरी, एम्बाप्पे र मेस्सी छन् । सबैभन्दा धेरै खोजिएका स्थानमा मुस्ताङ, मनाङ, नर्थ अन्नपूर्ण बेस क्याम्प, पशुपतिनाथ मन्दिर र भीमसेनस्थान मन्दिर छन् । सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामामा बिग बस, परान (चलचित्र), जेरी अन टप (चलचित्र), जारी २ (चलचित्र) र रोडिज सिजन ७ परेका छन् ।

What did Nepalis search for the most on TikTok in 2025?

सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणमा तीज, कुकुर तिहार, मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द र एनपीएल सिजन २ परेका छन् । सबैभन्दा धेरै खोजिएका गीत/साउन्डट्र्याक विधामा ‘ठुमक ठुमक जानीए माहिए दे नाल’, ‘आइसक्रिम खाउँगी काश्मिर जाउँगी’, ‘माया गर्नु ल’ (जोन चाम्लिङ), ‘वाक्क लाग्दो संसार’ र ‘सारी लायर आएँ भने’ छन् । What did Nepalis search for the most on TikTok in 2025?सबैभन्दा धेरै खोजिएका खाना/रेसिपीमा हत्क्युला फ्रुट, स्टिम चिकेन रेसिपी, सेलरोटी रेसिपी, सिंगडा रेसिपी र पक्कु रेसिपी रहेका छन् ।

त्यस्तै सामाजिक सञ्जालमार्फत सूचना दिने पेज ‘रुटिन अफ नेपाल बन्द’ पनि खोजीको शीर्ष सूचीमा देखिन्छ ।

कान्तिपुर

Link copied successfully