This is how Ashtami was celebrated in Tripurasundari [Photos]

Chaitra 24, 2081

RamChandra Neupane

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Chaite Dasain is celebrated with great pomp at the famous Shaktipitha Tripurasundari Temple located in Tripurasundari Municipality-1 Tripurakot of Dolpa.

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

इसं १११४ सालमा उत्पत्ति भएको प्राचीन किम्वदन्ती रहेको यस मन्दिरमा शुक्ल प्रतिप्रदाबाट सुरु हुने नवरात्रको पूजाआजासँगै काठका अग्ला लिंगा ढालेर नयाँ ध्वजा फेर्ने, राँगा र बोका बली दिने प्रचलन रहेको छ ।

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

यसकार्यका लागि जिल्लाका विभिन्न बस्तीहरुबाट भक्तजन र सुरक्षाकर्मीको टोली आउने गर्दछ । ध्वजा फेर्दा कसैगरी लिंगा भाँचिएमा जिल्ला र देशमा ठूलो अनिष्टताको संकेत गर्ने बताइन्छ ।

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

उत्तरबाट आउने ताम्रबणी नदी र पूर्वबाट आउने भैरवी नदीबीचको अग्लो टाकुरामा अवस्थित त्रिपुरासुन्दरी मन्दिरमा दश महाविद्या उत्पत्तिसँगै सती देवीको कन्ड्याउले(ढाड) पतन भएको श्रीस्वस्थानीमा उल्लेख गरिएको पुजारी कृष्णचन्द्र पाण्डेले बताए ।

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

नेपालकै प्रशिद्ध शक्तिपिठमध्ये एक यो मन्दिरमा दर्शनका लागि जिल्ला भित्र र बाहिरबाट भक्तजनहरु पुग्ने गर्दछन् । मन्दिर जन्माउने मन्दिरका रुपमासमेत परिचित यस मन्दिरमा दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

सल्यानको खैराबाङ्, नेपालगन्जको बागेश्वरी, जुम्ला सिंजास्थित कनकासुन्दरी, बैतडीको रणसैनी त्रिपुरेश्री, बाजुराको बडीमालिका यसै मन्दिरबाट देवीहरु पुतली स्वरुपमा उडेर पुगेको बाला त्रिपुरासुन्दरीको इतिहास नामको किताबमा उल्लेख छ ।

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

उत्पत्ति हुँदा नौ बहिनी देवी उत्पत्ति भएकोमा बाँकि चार बहिनी देवीको प्राचीन कालदेखी हालसम्म यसै मन्दिरमा पूजाआजा हुँदै आएको पुजारी बताउँछन् ।

This is how Ashtami was celebrated in Tripurasundari [Photos]

यस मन्दिरमा बिहान र बुलुकी गरेर दुई पटक नवदुर्गा देवीको नित्य पूजाआजा हुने गर्दछ । प्रत्येक वर्ष चैते दसैं विजया दशमीमा नवदुर्गाको विशेष पूजा हुने गर्दछ ।

RamChandra

Link copied successfully