‘गडजिल्ला’ अभिनेत्री काइली हटलको कार दुर्घटनामा निधन

१८ वर्षिया हटललाई घटनास्थलबाट उद्धार गरी नजिकैको ट्रमा सेन्टर पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

‘Godzilla’ actress Kylie Huttel dies in car accident

What you should know

काठमाडौँ — ‘गडजिल्ला भर्सेज कङ’ फिल्मकी १८ वर्षीया अभिनेत्री काइली हटलको सवारी दुर्घटनामा परी निधन भएको छ । मंगलबार अमेरिकाको मेरिल्याण्डमा भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको हो ।

‘मेरिल्याण्ड अफिस अफ द चीफ मेडिकल एक्जामिनर’का अनुसार हटलको मृत्यु दुर्घटनामा परी ‘अत्यधिक चोटपटक’ का कारण भएको पुष्टि भएको छ ।

‘Godzilla’ actress Kylie Huttel dies in car accident

स्थानीय समय अनुसार, मंगलबार बिहान ३ बजे आसपास मेरिल्याण्डको इजाम्सभिलमा दुर्घटना भएको थियो । १९ वर्षका युवकले चलाएको सन् १९९५ मोडलको होन्डा एकर्ड कार सडकको दायाँतर्फ मोडिएर छेवैको कल्भर्टमा ठोक्किएको थियो । प्रारम्भिक अनुसन्धानका अनुसार अत्यधिक गति नै दुर्घटनाको मुख्य कारक मानिएको छ ।

कारमा चालकसहित तीन जना सवार थिए । चालकलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ भने उनको चोट गम्भीर छैन । अर्का एक यात्रुले भने घटनास्थलमै उपचार लिन अस्वीकार गरेका थिए ।

हटललाई घटनास्थलबाट उद्धार गरी नजिकैको ट्रमा सेन्टर पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सांकेतिक भाषा प्रयोग गर्ने काइलीको सम्पूर्ण परिवार नै बहिरा समुदायको हो । उनका आमाबुबा जोसुआ र केत्सी हटलले सामाजिक सञ्जालमा सांकेतिक भाषामार्फत भिडियो पोस्ट गर्दै छोरीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

दुर्घटनापछि काइलीका बुबा जोसुआले सामाजिक सञ्जालमा सांकेतिक भाषामार्फत एक भावुक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘हामीले सँगै बिताएका १८ वर्षप्रति म निकै आभारी छु, तर उनीसँग अझै धेरै समय बिताउन पाएको भए हुन्थ्यो । म काइलीको पार्थिव शरीर घर ल्याउन मेरिल्यान्ड जाँदैछु ।’

दुर्घटनास्थलबाट एयर एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउनुअघि नै काइलीको मुटुको धड्कन रोकिसकेको पनि उनका बुबाले बताए । साथै, जोसुआले कार चालक १९ वर्षीय युवकलाई माफ गरिदिएको उल्लेख गर्दै भनेका छन्, ‘मैले तिमीलाई माफ गरिदिएँ । यो घटनालाई आफ्नो बाँकी जीवन बर्बाद गर्न नदेऊ ।’

‘Godzilla’ actress Kylie Huttel dies in car accident

काइली हटलको फिल्म यात्रा

श्रवणशक्ति नभएको परिवारमा जन्मिएकी काइलीले हलिउडमा बहिरा समुदायको प्रतिनिधित्व गर्दै छोटो समयमै ठूलो पहिचान बनाएकी थिइन् । उनले सन् २०२१ को चर्चित फिल्म ‘गडजिल्ला भर्सेज कङ’ र त्यसको सिक्वेल ‘गडजिल्ला एक्स कङ : द न्यू एम्पायर’ मा ‘जिया’ को भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनले ‘कङ’ सँग सांकेतिक भाषामार्फत संवाद गर्ने टुहुरी बालिकाको अभिनय गरेकी थिइन् ।

काइलीले टेलिभिजन सिरिज ‘म्याग्नम पीआई’ को एक भागमा पनि अभिनय गरेकी थिइन् भने आगामी थ्रिलर फिल्म ‘हृवाट डजन्ट किल अस’ मा पनि देखिने तय भएको थियो ।

सन् २०२४ मा ‘द एसोसिएटेड प्रेस’ लाई दिएको अन्तर्वार्तामा काइलीले फिल्ममा काम गर्नुअघि आफूले ‘मोन्स्टर’ फिल्महरू नहेरेको र बुबाले नै त्यस क्षेत्रबारे बुझ्न मद्दत गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म धेरै मानिसहरूलाई प्रेरणाको स्रोत मान्छु, तर मेरा लागि सबैभन्दा ठूला प्रेरणाका स्रोत मेरा आमाबुबा र दिदीबहिनीहरू हुन् ।’

कान्तिपुर

Link copied successfully