उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रेश्मा पुनलाई

रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘मायाका गीत’बाट पुनले उक्त अवार्ड हात पारेकी हुन् ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Award for Best Modern Female Singer goes to Reshma Pun

काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रेश्मा पुनलाई दिइएको छ ।

पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘मायाका गीत’बाट पुनले उक्त अवार्ड हात पारेकी हुन् ।

उनीसँगै आधुनिक संगीत विधामा उत्कृष्ट गायिकातर्फ 'कस्तो नशा' बाट सञ्जा चौलागाईं, 'आमा'बाट रचना रिमाल, 'जुनी पनि'बाट बानिका प्रधान र 'हल्का हल्का'बाट स्मिता प्रधानबीच प्रतिस्पर्धा भएको थियो ।

उनको गायन करिअर कभर गीतहरूबाट सुरु भयो । आर्टमान्डुको गीत ‘चन्द्रमा’, ‘बादलुपारिको देशैमा’, ‘बेहुली सङ’ (बारु), ‘शिरको फूल’ र श्री चाम्लिङ राईसँगको सहकार्यमा ‘ज्यानै सिलिम भो’ गीतहरू लोकप्रिय छन् । त्यसैगरी  चलचित्र 'कबड्डी ४'मा समावेश उनको गायन रहेको ‘केसरी’ निकै लोकप्रिय रह्यो । पुन आधुनिक तथा पार्श्व गायन स्थापित नाम भइसकेकी छन् । 

कान्तिपुर

Link copied successfully