'ऊनको स्वीटर' लाई 'राष्ट्रिय चलचित्र पुरस्कार'

'ऊनको स्वीटर' बाटै उत्कृष्ट निर्देशनमा नवीन चाैहान र उत्कृष्ट अभिनेत्रीतर्फ मिरुना मगर घोषित भए । अभिनेताको पुरस्कार 'परान' बाट नीर शाहलाई दिइयाे ।

असार ५, २०८३

कान्तिपुर संवाददाता

'Wool Sweater' wins 'National Film Award'

काठमाडौँ — चलचित्र विकास बोर्डद्वारा प्रदान गर्दै आइरहेको 'राष्ट्रिय चलचित्र पुरस्कार'मा यसवर्ष नवीन चौहान निर्देशित 'ऊनको स्वीटर' उत्कृष्ट फिल्म घोषित भएको छ । बोर्डद्वारा राष्ट्रपति भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा विजेताहरूलाई राष्ट्रपति रामचन्द्र पौडेललले अवार्ड वितरण गरेका हुन् । 

सात मुख्य विधामा प्रदान गरिएकाे राष्ट्रिय पुरस्कारमा 'ऊनको स्वीटर' बाट नै उत्कृष्ट निर्देशनमा नवीन चाैहान र उत्कृष्ट अभिनेत्रीतर्फ मिरुना मगर घोषित भए । त्यसैगरी, पटकथातर्फ 'परान' फिल्मका लेखकद्वय यम थापा र दिपकप्रसाद आचार्य र यसै फिल्मबाट नीर शाह उत्कृष्ट अभिनेता बने । 'कोशेढुंगा' बाट उत्कृष्ट छायांकन र सम्पादनमा क्रमश:  बाबु श्रेष्ठ र नहकुल खड्कालाइ  राष्ट्रिय पुरस्कार दिइयो । 

उत्कृष्ट आदिवासी चलचित्र 'इन्दिरा धिमे मैचा', जुरी प्रोत्साहन बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी) र आना शर्मा (रमिताको पिरती) तथा  विशेष चलचित्र पुरस्कार 'नाक्छोङ'  लाई प्रदान गरियो ।

कार्यक्रममा अभिनेता मदनकृष्ण श्रेष्ठलाई दीर्घ साधना सम्मानसहित ३ लाख ७५ हजार रूपैयाँ प्रदान गरिएको हो भने पत्रकार दिनेश सिटौलालाई मरणोपरान्त सम्मान गरिएको छ । साथै, विष्णु गोपाल श्रेष्ठ, मेनुका प्रधान, डा. सिंह गुरुङ, प्रकाश सुवेदी, अविनाश विक्रम शाह, रोहित रुम्बा, एञ्जिला सुब्बा, लक्ष्मी बर्देवा, बिनोद सेरचन र शङ्कर पाण्डेलाई विशेष सम्मान गरिएको हो ।

कान्तिपुर

Link copied successfully