असार ६ मा पर्यटन बोर्डमा चलचित्र समीक्षक समाजले २०८१ र २०८२ का फिल्मलाई अवार्ड दिँदैछ ।
What you should know
काठमाडौँ — चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको 'क्रिटिक्स फिल्म अवार्ड' यही असार ६ मा हुने भएको छ । समाजले पर्यटन बोर्डमा यही शनिबार वर्ष २०८१ र २०८२ को अवार्ड एकसाथ वितरण गर्ने जानकारी विज्ञप्तिमार्फत जनाएको हो ।
समाजले यसअघि नै वर्ष २०८१ र २०८२ मा प्रदर्शनमा आएका फिल्महरुको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधाहरूमा उत्कृष्ट स्रष्टाहरूको छनोट गरी नतिजा सार्वजनिक गरेको हो । 'चलचित्रकर्मीको शिल्प, उनीहरूको संघर्ष र कलात्मक साहसलाई कदर गर्नु नै यस अवार्डको मुख्य विशेषता हो,'विज्ञप्तिमा उल्लेख छ ।
यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ का विजेताहरू
१. उत्कृष्ट फिल्म : शाम्बाला
२. उत्कृष्ट निर्देशक : मीनबहादुर भाम (शाम्बाला)
३. उत्कृष्ट अभिनेता : दयाहाङ राई (गाउँ आएको बाटो)
४. उत्कृष्ट अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला)
५. उत्कृष्ट पटकथा-लेखन : सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
६. उत्कृष्ट छायांकन : आलोक शुक्ला (आँखा)
७. उत्कृष्ट सम्पादन : जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
८. उत्कृष्ट साउण्ड डिजाइन : किशोर आचार्य (गाउँ आएको बाटो)
९. स्पेसल मेन्सन (अभिनय) : सुपला सापकोटा (बोक्सीको घर)
१०. स्पेसल मेन्सन (कला निर्देशन) : रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)
यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’का विजेताहरू;
१. उत्कृष्ट फिल्म : ऊनको स्वीटर
२. उत्कृष्ट निर्देशक : नवीन चौहान ( ऊनको स्वीटर)
३. उत्कृष्ट अभिनेता : हरिवंश आचार्य (भूठान)
४. उत्कृष्ट अभिनेत्री : आना शर्मा (रमिताको पिरती)
५. उत्कृष्ट पटकथा : नवीन चौहान-सुरज कटुवाल (ऊनको स्वीटर)
६. उत्कृष्ट छायाङ्कन : सुशन प्रजापति (भूठान)
७. उत्कृष्ट सम्पादन : अञ्जय खड्का (भूठान)
८. उत्कृष्ट पाश्र्व संगीत : कोविद बज्र (ऊनको स्वीटर)
