यस वर्ष नेपाल, अमेरिका, भारतलगायत ११ देशका ३८ वटा फिचर तथा सर्ट फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ।
काठमाडौँ — नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२६ मा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गरिएको छ। नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजना हुने फेस्टिभल आगामी जुन २५ देखि २८ सम्म अमेरिकाको मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटर एन्ड कल्चरल सेन्टर र ग्रिनबेल्ट सिनेमामा आयोजना हुनेछ ।
यस वर्ष नेपाल, अमेरिका, भारतलगायत ११ देशका ३८ वटा फिचर तथा सर्ट फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ।
फेस्टिभलमा ओपनिङ फिल्मका रूपमा त्रिबेनी राई निर्देशित 'सेप अफ मोमो' र समापनमा नानी सारा वाकर निर्देशित 'शक्ति देखाइनेछ । दक्षिण कोरियामा ३० औं बुसान फिल्म फेस्टिभलमार्फत प्रिमियर भएको 'सेप अफ मोमो'ल उक्त महोत्सवमा दुई अवार्ड जितेको थियो ।
फेस्टिभलमा नेपाली–अमेरिकी निर्देशक अमिताभ जोशीको 'ह्याभ यु सिन माई गड ?' पनि प्रदर्शन गरिनेछ । फेस्टिभलमा फिल्म प्रदर्शनसँगै निर्देशकसँग अन्तरक्रिया, फिल्म निर्माणसम्बन्धी मास्टरक्लास तथा सामुदायिक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।
