डिपफेक भिडियाे पीडित ‘कान्तारा’ नायिका रुक्मिणी साइबरक्राइममा

भिडियोमा ‘कान्तरा : च्याप्टर १’ नायिका रुक्मिणी वसन्तको अनुहारलाई डिप फेकमार्फत जोडिएको छ, जसमा उनी जस्तै देखिने पात्त्र हरियो रंगको स्वीम सुटमा छिन् ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

'Kantara' actress Rukmini, victim of deepfake video, faces cybercrime

न्यूदिल्ली — एआई सृजित भिडियोमार्फत आफ्नो मानमर्दन भएको भन्दै कन्नड नायिका रुक्मिणी वसन्तले साइबरक्राइममा उजुरी हालेकी छन् । सामाजिक सन्जालमा गत शुक्रबारदेखि भाइरल भईरहेको उक्त भिडियोमा ‘कान्तरा : च्याप्टर १’ नायिका रुक्मिणीको अनुहारलाई डिप फेकमार्फत जोडिएको छ ।हरियो रंगको विकिनीमा स्वीमिंग पुलमा देखिएको उक्त भिडियोले आफ्नो मानहानी भएको र फ्यानहरु झुक्किएको ठहर गर्दै नायिका कानूनी उपचारका लागि साइबरक्राइम पुगेकी हुन् ।

‘मैले भिडियो बनाउनेविरुद्ध भर्खर मात्रै प्रहरी समक्ष उजुरी दिएकी छु, मलाई पूरा भरोसा छ, हाम्रो साइबरक्राइम विभागले यसलाई गम्भीरतापूर्वक लिनेछ’ फिल्म ‘टक्सिक’ मार्फत पुनः दर्शकमाझ आउन लागेकी रुक्मिणीले भनिन्, ‘यो केवल नायिकाहरुको मात्रै समस्या हैन, अधिकांश युवतीहरुले पनि झेलिरहेका छन् । मलाई लाग्दैन, यस्तो गर्न आवश्यक छैन । नायिकाहरुलाई पीडित बनाउँदै सुरु भएको यो हर्कत यसरी नै अघि बढ्दै गयो भने देशका युवतीहरुले पनि निकै ठूलो समस्या झेल्नुपर्नेछ ।’ नायिकाले एआई प्रविधिलाई नकारात्मक भन्दा पनि सकारात्मक तरीकाले सदूपयोग गर्ने बारेमा सोच्न युवापुस्तालाई सुझाएकी छन् ।

'Kantara' actress Rukmini, victim of deepfake video, faces cybercrime 

साइबरक्राइममा उजुरी दिनुअघि पनि रुक्मिणीले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उक्त भिडियो आफ्नो नभएको भन्दै स्पष्ट पार्न खोजेकी थिइन् । ‘मेरो भनिएको एआई जेनेरेटेड भिडियो/फोटो अनलाइनमा फैलिरहेको बारेमा म र मेरो टीमको ध्यानाकर्षण भएको छ, जून पूर्णतः भ्रामक र एआई सृजित हो,’ उनले लेखेकी छन्, ‘यस्ता भिडियो बनाउने र फैलाउने कार्य गम्भीर आपत्तिजनक छन् । यसले व्यक्तिको नीजत्वलाई निकै असर पार्छ ।’ उनले उक्त भिडियोलाई सेयर नगर्न सामाजिक सन्जाल प्रयोगकर्तालाई अनुरोध गर्दै यस्तो गलत भिडियो बनाउनेविरुद्ध कडा कानूनी कारवाहीको लागि पनि अधिकारीहरुसँग आग्रह गरेकी छन् ।

भारतमा यसअघि पनि ऐश्वर्या राय, दीपिका पादुकोण, आलिया भट्ट जस्ता चर्चित भारतीय नायिकाहरु समेत डिपफेक अश्लील भिडियोबाट पीडित भएका थिए । 

कान्तिपुर

Link copied successfully