नयाँ दिल्लीमा नेपाली नाटक ‘देह पर कोठी खसा दिअ’ मञ्चन हुँदै

मैथिली भाषामा तयार गरिएको उक्त नाटक मलंगिया महोत्सवअन्तर्गत १४ गते मञ्चन हुनेछ ।

वैशाख ९, २०८३

इकान्तिपुर डेस्क

Nepali drama 'Deh Par Kothi Khasa Diya' is being staged in New Delhi

काठमाडौँ — रङ्गसूत्र नेपालले नयाँ दिल्लीमा आयोजना हुने मलंगिया महोत्सवमा नाटक ‘देह पर कोठी खसा दिअ’ मञ्चन गर्ने भएको छ । नाटकको निर्देशन रङ्गकर्मी राम भजन कामत र पुष्पराज अवस्थीले संयुक्त रूपमा गर्ने छन् ।नाटकका लेखक महेन्द्र मलंगिया हुन्  ।

नाटकमा कलाकारहरू रुपेशकुमार मण्डल, रीना रिमाल, राम भजन कामत, सागर कार्की, वीरेन्द्रसिंह कुशवाहा, पुष्पराज अवस्थी, चन्द्रशेखर राय र आयुष्मा जोशीको अभिनय रहने छ । नाटकको प्रकाश परिकल्पना श्रीकृष्ण शाहीले गर्नेछन् भने ध्वनि व्यवस्थापन सुरज घर्ती मगरले सम्हाल्ने छन् । प्रप्स व्यवस्थापकको जिम्मेवारी राजिप यादवले लिएका छन् । भेषभूषा व्यवस्थापन रीना रिमालले गरेकी छन् । 

मैथिली भाषामा तयार गरिएको उक्त नाटक महोत्सवअन्तर्गत १४ गते साँझ ७ बजे मञ्चन हुने कार्यक्रम छ । 

महोत्सवमा लेखक महेन्द्र मलंगियाका ३५ वटा फरक–फरक नाटक मञ्चन हुने आयोजकले जनाएका छन् । सबै नाटक मैथिली भाषामै प्रस्तुत गरिने जनाइएको छ । साथै, महोत्सवमा विभिन्न सांस्कृतिक तथा अन्य कार्यक्रमहरू पनि समावेश छन् भने ६५ भन्दा बढी संघ संस्था सहभागी हुँदैछन् ।

महोत्सव वैशाख ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

इकान्तिपुर

Link copied successfully