कथाघेरा घुम्ती नाटक देखाउन 'बाटैबाटो' 

घुम्ती नाटक कैलालीको धनगढीबाट चैत ११ देखि सुरु भएर ३० मा सल्यानको सल्लीबजारमा समापन हुनेछ ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

'Baatibaato' to show Kathaghera's revolving play

काठमाडौँ — घुम्ती सडक नाटक प्रस्तुत गर्न कथाघेरा समूह कर्णाली र सुदूरपश्चिम पुगेको छ । महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको यो घुम्ती नाटक 'बाटैबाटो' सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा प्रदर्शन हुने भएको हो । 

यो नाटक सुदाम सिकेको निर्देशनमा तयार भएको हो । 'ग्रेप २' परियोजनाअन्तर्गतको भाग हो । निर्देशक आकांक्षा कार्कीले यो भागको नेतृत्त्व लिएकी हुन् ।

'ग्रेप २'ले नेपालमा साना किसान, महिला तथा युवाहरूलाई सशक्त बनाउँदै दिगो र जलवायु-अनुकूल आर्थिक विकास प्रवर्द्धनमा काम गर्छ । महिला र युवालाई कृषि क्षेत्रमा समावेश गराउँदै रोजगारी सिर्जना, आम्दानी वृद्धि तथा निजी क्षेत्रसँग सहकार्यमा अवसर विस्तार गर्ने लक्ष्य राखेको यही योजनाअन्तर्गतकै कथालाई कथाघेराले नाटकमा प्रस्तुत गर्दैछ । 

नाटकमा कलाकारहरु भेनिसा आचार्य, नेविका सिलाधर, सेविका अधिकारी, सुस्मिता कुँवर, जीवन ढकाल, विजय नेपाल, प्रसुनकुमार खत्री, रोवितमुनी तुलाधरको अभिनय छ । यो नाटकका लागि कलाकारको समूहले एक महिनादेखि अभ्यास गरेको थियो । ८ जना कलाकारसहित संगीतकर्मी, निर्देशक,  संयोजक तथा व्यवस्थापकसहित जम्मा १२ जना सदस्य अहिले सुदूरपश्चिम पुगेको हो ।

घुम्ती नाटक कैलालीको धनगढीबाट चैत ११ देखि सुरु भएर ३० मा सल्यानको सल्लीबजारमा समापन हुनेछ ।

कान्तिपुर

Link copied successfully