बेनिशाको प्रमुख भूमिकामा नाटक ‘सेतो धरती’

आख्यानकार अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यास 'सेतो धरती'माथि नाटक बन्ने भएको छ ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Benisha in the lead role in the play 'Seto Dharti'

काठमाडौँ — आख्यानकार अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यास 'सेतो धरती'माथि नाटक बन्ने भएको छ । नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमालले अभिनय गर्ने कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ । 

रंगमञ्चमा बेनिशाको यो डेब्यु अभिनय हुनेछ । एकेडेमीले नाटक निर्माणको तयारी सुरु गरिसकेको छ । मदन पुरस्कार विजेता उपन्यास 'सेतो धरती'माथि नाटक बनाउने अधिकार एकेडेमीले लिइसकेको छ । 

एकेडेमीमै अवस्थित कान्तिपुर थिएटरले यसअघि पनि नेपाली फिल्म क्षेत्रका कलाकारको अभिनयमा नाटक मञ्चन गराइसकेको छ । अभिनेत्री रेखा थापा, जीवन लुइँटेल, उषा रजकलगायतलाई लिएर नाटक मञ्चन गराएको हो । 

'सेतो धरती'का सबै कलाकार र प्राविधिकबारे भने अन्तर्राष्ट्रिय रंगमञ्च दिवस(चैत १३)को अवसरमा सार्वजनिक गरिने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले जनाए । 

कान्तिपुर

Link copied successfully