महोत्सवमा सुजित विडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्मदेखि डकुमेन्ट्री देखाइएका थिए ।
काठमाडौँ — सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री 'मदर रेबिका' देखाउँदै सकियो, भक्तपुर फिल्म महोत्सव । चैत ६ गतेदेखि सुरु भएको यो महोत्सवमा २४ फिल्म देखाइएका थिए । पहिलो पटक भक्तपुरस्थि नेपाल भोकेस्नल एकेडेमीमा आयोजित कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी निर्देशक सुजित विडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मीको उपस्थिति थियो ।
नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म 'गाउँ आएको बाटो' देखाउँदै सुरु भएको यो महोत्सवलाई भक्तपुरका युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेको हो ।
महोत्सवमा सुजित विडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्मदेखि डकुमेन्ट्री देखाइएका थिए ।
ढिला भए पनि भक्तपुरमा फिल्म महोत्सव सुरु हुनु राम्रो भएको निर्देशक विडारीले जनाए । उनी निर्देशित 'ऐना झ्यालको पुतली' पनि महोत्सवमा देखाइएको थियो । 'खासमा यो महोत्सव पहिल्यै सुरु हुनुपर्ने थियो । तर अहिले सुरु हुनु राम्रो सुरुवात हो । अब यो महोत्सवले निरन्तरता लिइरहोस्,' निर्देशक विडारीले भने । महोत्सवका निर्देशक भने किरण किलम्बु हुन् ।