'मिस्टर नोबडी अगेन्स्ट पुटिन' ले जित्यो अस्करमा उत्कृष्ट डक्युमेन्ट्री अवार्ड [सूचीसहित]

यस डक्युमेन्ट्रीमा एक जना रुसी शिक्षकले गोप्य रूपमा आफ्नो विद्यालय युक्रेनी आक्रमणका दौरान कसरी युद्धको भर्नास्थल भइरहेको छ भन्ने पत्ता लगाउँछन् । प्रोपोगान्डा र सैनिकीकरणका बेला शिक्षासेवीहरू कसरी नैतिक द्विविधामा परिरहेका छन् भन्ने विषय डक्युमेन्ट्रीमा देखाइएको छ ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

'Mr. Nobody Against Putin' Wins Best Documentary Award at Oscars [With List]

काठमाडौँ — युरोपमा निर्वासनमा रहेका रुसी फिल्ममेकर पावेल तालान्किन र अमेरिकी फिल्ममेकर डेभिड बोरेन्स्टाइनले निर्देशन गरेको 'मिस्टर नोबडी अगेन्स्ट पुटिन'ले यस वर्षको अस्करमा  उत्कृष्ट डक्युमेन्ट्री अवार्ड जितेको छ । 

निर्देशक बोरेन्स्टाइनले अवार्ड ग्रहण गर्ने क्रममा परिवारका सदस्य, साथीहरू र नोमिनेसनमा परेकाहरूलाई भन्यवाद दिए । साथै उनले फिल्मबारे भने, 'मिस्टर नोबडी अगेन्स्ट पुटिन' कसरी तपाईंले आफ्नो देश गुमाउनुहुन्छ भन्ने बारेमामा हो ।'

'जब सरकारले हाम्रो ठूला सहरका सडकहरूमा मानिसहरूको हत्या गर्छ, जब हामी केही पनि बोल्दैनौँ, जब धनाढ्य अभिजात वर्गले मिडियामाथि कब्जा गरेर हामीले यसलाई कसरी उत्पादन गर्ने र कसरी उपभोग गर्ने भन्ने कुरा नियन्त्रण गर्छन्- तब हामी सबैले एउटा नैतिक छनोटको सामना गर्छौँ । तर सौभाग्यवश, एक साधारण मानिस पनि तपाईंले सोचेभन्दा धेरै शक्तिशाली हुन्छ,' उनले अगाडि भने । 

यस डक्युमेन्ट्रीमा एक जना रुसी शिक्षकले गोप्य रूपमा आफ्नो विद्यालय युक्रेनी आक्रमणका दौरान कसरी युद्धको भर्नास्थल भइरहेको छ भन्ने पत्ता लगाउँछन् । प्रोपोगान्डा र सैनिकीकरणका बेला शिक्षासेवीहरू कसरी नैतिक द्विविधामा परिरहेका छन् भन्ने विषय डक्युमेन्ट्रीमा देखाइएको छ । 

अस्करमा कसले के जिते ? 

बेस्ट फिल्म

वान ब्याटल आफ्टर अनादर

बेस्ट एक्ट्रेस

जेसी बक्ली, ह्याम्नेट

बेस्ट एक्टर

माइकल बी जोर्डन, सिनर्स

बेस्ट डिरेक्टर

पल टमस एन्डर्सन, वान ब्याटल आफ्टर अनादर

बेस्ट ओरिजिनल सङ

गोल्डेन, के-पप डिमन हन्टर्स

बेस्ट इन्टरनेसनल फिचर

 सेन्टिमेन्टल भ्यालु

बेस्ट सपोर्टिङ एक्ट्रेस

एमी माडिगन, विपन्स

बेस्ट एनिमेटेड फिचर फिल्म

के-पप डिमन हन्टर्स

बेस्ट एनिमेटेड सर्ट फिल्म

द गर्ल हु क्राइड पर्ल्स

बेस्ट कस्ट्युम डिजाइन

फ्रान्केन्स्टाइन(केट हले)

बेस्ट मेकअप एन्ड हेयरस्टाइल

फ्रान्केन्स्टाइन

बेस्ट कास्टिङ

वान ब्याटल आफ्टर अनादर(कासान्द्रा कुलुकुन्दिस)

बेस्ट लाइभ एक्सन सर्ट फिल्म

द सिंगर्स र टु पिपल एक्स्चेन्जिङ सालिभा(संयुक्त रूपमा)

बेस्ट सपोर्टिङ एक्टर

सिन पेन, वान ब्याटल आफ्टर अनादर

बेस्ट एड्याप्टेड स्क्रिनप्ले

वान ब्याटल आफ्टर अनादर(पल टमस एन्डर्सन)

बेस्ट ओरिजिनल स्क्रिनप्ले

सिनर्स(र्‍यान कुगलर)

बेस्ट प्रडक्सन डिजाइन

फ्रान्केन्स्टाइन

बेस्ट भिजुअल इफेक्ट्स

अवतार : फायर एन्ड एस

बेस्ट डक्युमेन्ट्री सर्ट फिल्म

अल द इम्प्टी रूम्स

बेस्ट ओरिजिनल स्कोर

सिनर्स(लड्विग गोरान्सन)

बेस्ट साउन्ड

एफ वान

बेस्ट फिल्म इडिटिङ

वान ब्याटल आफ्टर अनादर

बेस्ट सिनेमेटोग्राफी 

सिनर्स

कान्तिपुर

Link copied successfully