डकुमेन्ट्रीमा सम्भव नभएपछि निर्देशक रोसन मिराजले ‘लालिमा’ निर्देशन गरेका हुन् ।
काठमाडौँ — यौन व्यवसायीको कथा समेटिएको फिल्म 'लालिमा' फागुन २९ देखि प्रदर्शनमा आउने भएको छ । निर्देशक रोसन मिराजले यौन व्यवसायीको अवस्थालाई गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि फिल्म निर्माण गरेको जनाएका छन् ।
'हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले पर्दामा देखिन चाहनुभएन । त्यसैले फिल्म बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो,'निर्देशक मिराजले भने ।
फेथ आस्थाको प्रस्तुतिमा तयार यो फिल्ममा कलाकारहरु रोश्नी कार्की, उषा रजक, जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देललगायतको मुख्य भूमिका छ ।
यो फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ ।
