एकांकी प्रतियोगितामा मेरिगोल्ड स्कुलको ‘कविता’ प्रथम

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको एकांकीबाटै रंगकर्मी पुष्पराज अवस्थीले उत्कृष्ट निर्देशक र सिम्पल नेपालले उत्कृष्ट कलाकारको उपाधि जित्न सफल भए ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Marigold School's 'Poetry' wins first place in one-act competition

काठमाडौँ — ग्लोबल स्कुल अफ साइन्सको कला तथा साहित्य क्लब‌ले माघ १६ गते आयोजना गरेको एकांकी प्रतियोगितामा भक्तपुरको मेरिगोल्ड स्कुलको एकांकी 'कविता'ले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका सात विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको एकांकीबाटै रंगकर्मी पुष्पराज अवस्थीले उत्कृष्ट निर्देशक र सिम्पल नेपालले उत्कृष्ट कलाकारको उपाधि जित्न सफल भए । मेरिगोल्ड स्कुलले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

भ्याली भ्यु स्कुलले एकांकी 'कटपुतली' का लागि द्वितीय स्थान प्राप्त गर्दै १० हजार रुपैयाँ पुरस्कार जित्यो भने रिलायन्स स्कुलले 'दृश्य' एकांकीका लागि तृतीय स्थान हासिल गरी ५ हजार पुरस्कार प्राप्त गर्‍यो ।

कार्यक्रमका अध्यक्ष तथा आयोजक समितिका प्रमुख विद्यार्थी समृद्धराज गौतमले कार्यक्रमको उ‌द्देश्यबारे बोल्दै विद्यालय तथा कलेज स्तरमा रहेका युवा कलाकारहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने साझा मञ्च उपलब्ध गराउनु नै मुख्य दृष्टिकोण रहेको बताए । 

कार्यक्रमका प्रमुख अतिथि हिसानका अध्यक्ष युवराज शर्माले वि‌द्यार्थीहरुले आयोजना गरेको कार्यक्रम अनुकरणीय रहेको उल्लेख गरे ।सिर्जनात्मक गतिविधिले विद्यार्थीको आत्मविश्वास, अनुशासन र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने उनको भनाइ थियो ।

प्रतियोगिताको निर्णायकमा कुमार आचार्य र मनीष रावत रहेका थिए ।

कान्तिपुर

Link copied successfully