गोल्डेन ग्लोबमा लियोनार्दोकै फिल्मको वर्चश्व !

गोल्डेन ग्लोब अवार्डमा ‘ह्याम्नेट’, ‘वान ब्याटल अफ्टर एनोदर’ले विभिन्न मुख्य विधामा अवार्ड जित्दै उत्कृष्टता देखाए ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Leonardo's film dominates the Golden Globes!

काठमाडौँ — जाडो याम, अर्थात अवार्ड सिजन। गोल्डेन ग्लोबको ८३ औं सँस्करणसँगै फेरि अवार्डको सिजन सुरु भएको छ। जनवरी ११ मा आयोजित गोल्डेन ग्लोबको अवार्डमा यो वर्ष लियोनार्डो डिक्याप्रियो अभिनित 'वान ब्याटल आफ्टर एनोदर'को वर्चश्व रह्यो ।

यो फिल्मसँगै 'ह्याम्नेट'ले नै पनि गोल्डेन ग्लोबमा आफ्नो बलियो पकड बनाउन सफल भयो। टिभीतर्फको विधामा भने नेटफ्लिक्सको 'एडोलोसेन्स' नै अगाडि देखिन्छ। 

क्लोइ झाओ निर्देशित 'ह्यामनेट'ले यो वर्ष गोल्डेन ग्लोबमा ड्रामातर्फको 'उत्कृष्ट फिल्म (म्युजिकल/कमेडी)को अवार्ड जित्यो। त्यस्तै 'उत्कृष्ट फिल्म -म्युजिकल/कमेडी'तर्फ भने लियोनार्दोको फिल्म उत्कृष्ट सावित भयो।

'वान ब्याटल आफ्टर एनोदर'ले यो वर्ष उत्कष्ट सह-अभिनेत्री, उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको विधामा गोल्डेन ग्लोब जितेको हो।

गैर अंग्रेजी भाषातर्फको उत्कृष्ट फिल्मको अवार्ड भने 'द सिक्रेट एजेन्ट'ले जित्दा 'क पप डेमन हन्टर्स' 'उत्कृष्ट एमिनेटेड फिल्म' बन्यो। 'ह्यामनेट'बाटै अभिनेत्री जेसी बक्लीले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । 

त्यस्तै उत्कृष्ट अभिनेता(ड्रामा)को अवार्ड भने वाग्नर मोराले 'द सिक्रेट एजेन्ट'बाट जिते। उनी यो फिल्मसहित दोस्रो पटक गोल्डेन ग्लोबमा मनोनित भएका थिए । 

'उत्कृष्ट अभिनेत्री -म्युजिकल/कमेडी'तर्फ भने 'इफ आइ ह्याड अ लेग्स आइ ह्याड किक यु'बाट रोज बर्नले जितिन्। यही विधाको उत्कृष्ट अभिनेताको अवार्ड भने टिमोथी स्यामलेटले 'मार्टी सुप्रिम'बाट जिते । 

यो वर्ष निकै चर्चामा रहेको फिल्म 'सिनर्स'ले भने 'उत्कृष्ट सिनेम्याटिक' र 'बक्स अफिस अचिभमेन्ट' गरेर दुई अवार्ड जित्यो ।

कान्तिपुर

Link copied successfully