काठमाडौं आइपुगे बलिउडका चर्चित अभिनेता सञ्जय दत्त

दत्त बिहीबार बेलुकी काठमाडौं आइपुगेका छन् । दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Famous Bollywood actor Sanjay Dutt arrives in Kathmandu

काठमाडौँ — बलिउडका चर्चित अभिनेता सञ्जय दत्त काठमाडौंमा आइपुगेका छन् । उनी बिहीबार बेलुकी काठमाडौं आइपुगेका छन् ।दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् । उनले आजै राति क्यासिनो उद्घाटन गरेर शुक्रबार बिहान ११:४५ मा भारत फर्किने कार्यक्रम छ ।

प्रभास अभिनीत तेलुगु हरर–कमेडी फिल्म ‘द राजा साब’ मा सञ्जय दत्तको भूमिकालाई लिएर चर्चा सुरु भइरहेका बेला उनी नेपाल आइपुगेका हुन् ।

यो फिल्मको टिजरमा उनी दुई फरक अवतारमा प्रस्तुत भएका छन् । ‘केजिएफ २’ मा उनको अभिनयपछि साउथ फिल्ममा सञ्जयको माग बढेको थियो ।

आफ्नो समयका प्रसिद्ध अभिनेता–अभिनेत्री सुनिल दत्त र नरगिसका छोरा संजय बलिउडमा स्टाइलिस हिरो मानिन्छन् ।

केही वर्षअघिमात्रै उनी क्यान्सरसँग जुध्न पुगेका थिए । २०७७ को पुसतिर उनले क्यान्सरसँगको लडाईंमा आफू वियजी भएको खबर सार्वजनिक गरेका थिए ।  

सम्बन्धित समाचारहरु 

कान्तिपुर

Link copied successfully