मैले क्यान्सरलाई जितें : संजय दत्त

एजेन्सी

बलिउड अभिनेता संजय दत्तले आफूले क्यान्सरलाई जितेको बताएका छन् । बुधबार ट्विटरमार्फत् उनले क्यान्सरसँगको लडाईंमा आफू वियजी भएको घोषणा गरेका हुन् । पछिल्लो समय परिवारका लागि कठिन भए पनि आफूले रोगलाई हराएपछि सबै कुरा ठीक हुँदै आएकोसमेत उनले उल्लेख गरेका छन् । 

मैले क्यान्सरलाई जितें : संजय दत्त

'पछिल्लो केही हप्ता मेरो परिवार र मेरो लागि निकै कठिन समय थियो । तर, भनिन्छ नि भगवानले आफ्नो बलियो योद्धालाई निकै गाह्रो लडाईं दिन्छ । आज म मेरा छोराछोरीको जन्मदिनको अवसरमा यो लडाईंबाट विजयी भएको छु । र, उनीहरुलाई उपहार दिन सफल भएको छु,' ६१ वर्षिय अभिनेताले जारी गरेको स्टेटमेन्टमा लेखिएको छ ।

उनले यो लडाँईमा साथ दिने परिवार, साथीहरु र सबै फ्यानहरुप्रति आभार प्रकट गरेका छन् । केही समयअघि मात्रै संजयलाई चौथो स्टेजको क्यान्सर भएको समाचार बाहिरिएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?