काठमाडौंमा क्यासिनो उद्घाटन गर्न आए बलिउड स्टार सञ्जय दत्त

दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Bollywood star Sanjay Dutt arrives in Kathmandu to inaugurate casino

काठमाडौँ — बलिउड स्टार सञ्जय दत्त क्यासिनो उद्घाटन गर्न काठमाडौंमा आइपुगेका छन् ।

दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् । उनले आजै राति क्यासिनो उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

दत्त शुक्रबार बिहान ११:४५ मा भारत फर्किने छन् ।

क्यासिनो उद्घाटनका लागि आएका दत्तले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई समेत भेटेका छन् । उनले बिहीबार बेलुकी दाहाललाई भेटेको उनको सचिवालयले जनाएको छ ।  

क्यासिनोका सञ्चालकको समन्वयमा दाहालसँग दत्तले भेटेका हुन् । उनी याक एण्ड यति होटलमा बसेका छन् ।

Bollywood star Sanjay Dutt arrives in Kathmandu to inaugurate casino

कान्तिपुर

Link copied successfully