‘रेडियो अन ह्विल्स’मा झुम्यो सुर्खेत

वीरेन्द्रनगर–१२ का दीपक खड्काले मुम्बईमा हुने टी–२० विश्वकपको टिकट प्राप्त गरे

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Surkhet shines in 'Radio on Wheels'

What you should know

काठमाडौँ — रेडियो कान्तिपुरले बर्षेनि गर्दै आएको ‘रेडियो अन ह्विल्स’ को सातौं संस्करणको सांगीतिक कार्यक्रम सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

उक्त अवसरमा हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायक विश्व नेपाली, डान्स च्यापियन नेपाकी विजेता वर्षा फुयाल, डान्स च्याम्पियन सिजन–१ की विजेता रोसिका रावतलगायतले प्रस्तुति दिए ।

नेपालगन्जमा शनिबार सुरु भएको यो वर्षको कार्यक्रम आइतबार धनगढी हुँदै सुर्खेत पुगेको हो ।

वीरेन्द्रनगरस्थित घण्टाघरमा झन्डै ४ घण्टा भएको कार्यक्रममा कलाकारको प्रस्तुति र दर्शकको हुटिङले आसपासको क्षेक्र गुञ्जायमान बन्यो । कार्यत्रमको बीचबीचमा खेलाइएको क्विजलगायत खेलले दर्शकको मन जित्यो । दर्शकलाई प्रायोजकका तर्फबाट विभिन्न उपहार वितरण गरिएको थियो भने रेडियो कान्तिपुरका प्रस्तोताद्वय महिमा भट्टराई र प्रज्वल खड्काले सांगीतिक माहोललाई रोचक बनाएका थिए ।

‘रेडियो अन ह्विल्स’ देशका विभिन्न १४ सहर घुमिसकेपछि ८ माघमा काठमाडौंमा पुग्नेछ । कार्यक्रम बुटवल, पोखरा, नारायणगढ, धरान, जनकपुर, बिर्तामोड, इटहरी, बिराटनगर, लाहान र हेटौडालगायत सहरमा आयोजना हुनेछ । यो वर्ष ‘रेडियो अन ह्विल्स’ लाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ भने ग्लोबल आईएमई बैंक, टीभीएस मोटरसाइकललगायतले सहयोग गरेको रेडियो कान्तिपुरले जनाएको छ ।

कार्यक्रममा गोलाप्रथामार्फत वीरेन्द्रनगर–१२ का दीपक खड्का विजेता बने । एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंक्सका तर्फबाट उनले फेब्रुअरी ८ तारिखमा मुम्बईमा हुने टी–२० विश्वकपको टिकट प्राप्त गरेका छन् । यो टिकट कार्यक्रम आयोजना हुने सबै सहरहरुमा एकएक जनालाई ‘लक्की ड्र’ मार्फत वितरण गरिने रेडियो कान्तिपुरको भनाइ छ ।

कान्तिपुर

Link copied successfully