रामबाबु सुवेदीको नयाँ बालगीत ‘हामी सँगी साथी’ सार्वजनिक

गीतमा बसुन्धारा नेसनल एकेडेमीका स–साना विद्यार्थीहरुको अभियन तथा नृत्य देख्न पाइन्छ ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Rambabu Subedi's new children's song 'Hami Sangi Saathi' released

What you should know

काठमाडौँ — सुप्रसिद्ध बाल गीतकार रामबाबु सुवेदीको नयाँ बालगीत 'हामी सँगी साथी' शुक्रबार काठमाडौंको बसुन्धारा नेसनल एकेडेमीमा आयोजित एक समारोहकाबीच सार्वजनिक भएको छ ।

बालबालिकालाई मित्रता, सत्य वचन र दैनिक जीवनका विविध आयमबारे जानकारी दिने हेतुले तयार पारिएको उक्त गीतमा बसुन्धारा नेसनल एकेडेमीका १६ जना स–साना विद्यार्थीहरुको अभियन तथा नृत्य देख्न पाइन्छ ।

बाल गीत सार्वजनिक समारोहमा बोल्दै गीतकार एवं बाल साहित्य सर्जक रामबाबु सुवेदीले नेपाली भाषा र संस्कृति झल्काउने गीतमा बालबालिकाहरु नाचुन् भन्ने मनसायसहित गीत तयार पारिएको बताए । गीतकार करुण थापाले व्यक्तिगत स्वार्थ नभई देशको कामका रुपमा नेपाली बाल गीत एवं बाल प्रतिभाको प्रोत्साहनका लागि रामबाबु सुवेदीमार्फत बाल गीतको बिस्तारका लागि बाल गीत परियोजना सुरुवात गरिएको र त्यो अझै जारी रहने बताए ।

Rambabu Subedi's new children's song 'Hami Sangi Saathi' released

कार्यक्रमका अतिथिहरुले नेपाली बाल गीतको बिस्तारमा रामबाबु सुवेदीका बाल गीतको भूमिकाबारे बोलेका थिए । उनीहरुले प्रौढहरुका गीतमा स्कुले सांस्कृतिक कार्यक्रमहरु सञ्चालन भइरहेको अवस्थामा बाल गीतको निर्माण, प्रबर्द्धन र प्रोत्साहन गरिनुपर्ने राय व्यक्त गरेका थिए ।

‘हामी सँगी साथी’ का निर्देशक आचार्य गोपाल हुन् भने गीतमा उत्तम पौडेलले संगीत दिएका छन् । गीतमा युमी राई, ल्हाक्पा डोमा शेर्पा र प्रीतम राईको स्वर रहेको छ ।

बाल गीतमा बालकलाकारहरु भूमिका आले मगर, प्रिन्सेस मगर, आरध्या खनाल, नाइरा खड्का, प्रिन्सु पहाडी, बिपिशा परियार, सब्रिना केसी, छेन्जुम तामाङ, आरोज्ञा पाठक, मेश्ना खड्का, मलिशा भट्टराई, सामना निरौला, रेमिशा अधिकारी, सिम्रन मगर, अवी विक र शिशिर विकले नृत्य प्रस्तुत गरेका छन् ।

Rambabu Subedi's new children's song 'Hami Sangi Saathi' released

बाल गीतको भिडियोको छायांकन मन्जिल जिसीले गरेका हुन् भने नृत्य संयोजन प्रजक्ता शाहको रहेको छ । सहायक निर्देशकका रूपमा सन्जु नेपाली ‘टाइग्रिस’ रहेका छन् ।

किताब चरो नेपालद्वारा सञ्चालित बालगीत परियोजनाअन्तर्गत बसुन्धारा नेसनल एकेडेमीको सहकार्यमा तयार पारिएको 'हामी सँगी साथी' रामबाबु सुवेदी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतकार सुवेदीले बताए अनुसार उनको च्यानलमा आएको यो ९१ औं बाल गीत हो । 

Rambabu Subedi's new children's song 'Hami Sangi Saathi' released

गीत सार्वजनिक कार्यक्रममा कवि रिमा केसी, लेखक तथा मिडियाकर्मी क्रान्ति पाण्डे, गीतकार करुण थापा, टोखा नगरपालिका–५ का वडाध्यक्ष मदन गुरुङ, टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र धामी तथा बीएन एकेडेमीका प्रिन्सिपल टंक चापागाईं अतिथिका रूपमा सहभागी थिए ।

कान्तिपुर

Link copied successfully