‘शक्ति’लाई जुरी मेन्सन, आशुका ‘उत्कृष्ट महिला निर्देशक’

काठमाडौंमा आयोजित १३ औं नेपाल मानवअधिकार फिल्म महोत्सवमा २६ देशका फिल्म सहभागी थिए ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

'Shakti' gets Jury Mention, Ashu gets 'Best Female Director'

काठमाडौँ — नानी सारा वाकरको फिल्म ‘शक्ति’ले १३ औं नेपाल मानवअधिकार चलचित्र महोसत्वमा जुरी मेन्सन पाएको छ । यौन दुर्व्यवहार, दलित समुदायको पीडा र संघर्ष समेटिएको यो फिल्म पहिलो पटक नेपाली दर्शकबीच प्रिमियर गरिएको थियो ।

महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री सर्ट’तर्फ लमिनाले अवार्ड जितेको हो । त्यस्तै, ‘उत्कृष्ट फिक्सन सर्ट’ भने ‘डन बि लेट माइरा’ले जित्यो । ‘ल्याप्टिन’ फिल्मले भने उत्कृष्ट फिचर अवार्ड प्राप्त गर्‍यो । 

नेपाली प्यानोरोमा अन्तर्गतको उत्कृष्ट फिचर फिल्म ‘रिहाना’ले जित्दा आशुका अर्याल ‘कामना’बाट ‘उत्कष्ट महिला निर्देशक’ घोषित भइन् । 

बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । मसींर २५ देखि सुरु भएको यो महोत्सव मंसीर २९ सम्म चलेको हो । महोत्सवमा २६ देशका ५० फिल्म प्रदर्शन गरिएका थिए ।

कान्तिपुर

Link copied successfully