'आर्टिस्ट्स स्पटलाइट' हुँदै

कार्यक्रममा नेपाली लघु फिल्म देखाइनेछन् ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Through 'Artists Spotlight'

काठमाडौँ — न्युयोर्कमा अवस्थित नेपाली फिल्मकर्मीबीच 'आर्टिस्ट्स स्पटलाइट' कार्यक्रम हुने भएको छ । अमेरिकामा बसेर फिल्मकर्ममा सक्रिय रहेका नेपाली फिल्मकर्मीको समूह 'एनएफएनवाई'ले आयोजना गर्ने यो कार्यक्रम स्थानीय समय अनुसार आइतबार हुने भएको हो । 

कार्यक्रममा नेपाली लघु फिल्म देखाइनेछन् । साथै सांगीतिक माहोलमा प्रयोगात्मक लोक संगीतको कार्यक्रम पनि रहेको छ । यो कार्यक्रम अमेरिकामा रहेको नेपाली कलाकारलाई एकसाथ जोड्न, उनीहरूका काम हेर्न र एकअर्कालाई हौसला दिन सुुरु गरिएको निर्देशक अंकित पौडेलले जनाए । 

'यो कार्यक्रम यहाँ बसेर फिल्म बनाइरहेका फिल्मकर्मी, कलाकारलाई एकसाथ जोड्ने प्रयत्न हो । नेपाली कलाकारसँग जमघट गर्ने एउटा सिर्जनशील परिवार र जग बसाल्न पनि हामीले यो कार्यक्रमको महत्त्व देख्यौं,'अंकितले भने । 

एनएफएनवाई कलाकारले कलाकारलाई सहयोग गर्न सुरु भएको यस्तो समूह हो, जसले अमेरिकामा रहेर फिल्म, संगीत र कलामा सक्रिय नेपालीलाई एकसाथ जोड्ने प्रयास गर्छ । फिल्मको कार्यशाला, फिल्म प्रदर्शनदेखि फिल्ममाथि विभिन्न विषयमाथि बहस गराउँदै फिल्म निर्माणमा यो समूहले सहयोग गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully