प्रदर्शनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका साथै काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पनि हुनेछ ।
काठमाडौँ — आजदेखि प्रथम हिमालयपार फिल्म प्रदर्शनी सुरु भएको छ । छिमेकी राष्ट्र चीनले नेपालका तीन विश्वविद्यालयसँगको सहकार्यमा सुरु यस्तो प्रदर्शनी सुरु गरेको हो ।
चार वटा चिनियाँ फिल्म देखाइने यो प्रदर्शनी त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजना हुनेछ । आइतबार प्रदर्शनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा सुरु भएको हो ।
विभागको नयाँ बनेको भवनमा फिल्मकर्मी, आयोजक र दर्शकको बीचमा चिनियाँ फिल्म प्रदर्शनमा राखिएको हो । प्रदर्शनीको पहिलो दिन फिल्म 'द स्पिरिट अफ द माउन्टेन्स' को विशेष प्रदर्शनी राखिएको थियो । यो हेर्न फिल्म हेर्न अभिनेता प्रदीप खड्का, बुद्धि तामाङलगायतका चर्चित कलाकार पुगेका थिए ।
'एक्लो' फिल्मको प्रचारका लागि उक्त प्रदर्शनीमा सहभागी अभिनेता खड्काले चीनले नेपाली फिल्म निर्माणमा पनि सहकार्य गरेर अगाडि बढनुपर्ने बताए । कलाकार बुद्धि तामाङले पनि नेपाली फिल्मसँगको सह-निर्माण सुरु गर्न यो प्रदर्शनीले टेवा पुर्याउने बताए ।
