आमिर खान भन्छन्– फिल्म चल्न कथा राम्रो हुनुपर्छ

आमिर खानले बलिउडमा एक्सन र भव्यताको सट्टा सशक्त कथा आवश्यक रहेको बताए, दर्शकको प्रतिक्रिया र आगामी प्रोजेक्टबारे पनि खुलेर कुरा गरे।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Aamir Khan says – The story must be good for a film to work

What you should know

काठमाडौँ — गत जुन २०मा रिलिज भएको फिल्म ‘सितारे जमीन पर’ सफल हुनुको पछाडि होला ?

हालै सम्पन्न भएको ‘हिन्दुस्तान टाइम्स लिडरशिप समिट’मा सहभागी भएका अभिनेता आमिर खानले यसबारे बताए । उनीसँग सोधिएको थियो, ‘आजकल थिएटरमा दर्शक कसरी ल्याउने ?’ 

एक्सन, सुपरहिरो वा भव्य फिल्मबाहेक अरू थिएटरमा चल्दैनन् भन्ने मान्यता बलिउड वृत्तमा देखिएको बेला आमिरले अर्थपूर्ण जवाफ दिए ।

भने, ‘म सधैं कथामै विश्वास गर्छु । जुनसुकै एक्सन होस् वा थ्रिलर । कथा राम्रो हुनुपर्छ । टेक्नोलोजी बदलिन सक्छ, तर मानिसहरू कथा–भावनासँग नै जोडिन्छन् । मेरो कामको सबैभन्दा आधारभूत कुरा यही हो ।’

‘सितारे जमीन पर’का सम्बन्धमा तपाईंलाई यस्तो कुन प्रतिक्रिया मिल्यो, जसले तपाईंलाई चकित बनायो?’ आमिरलाई प्रश्न थियो ।

जवाफमा उनले भने, ‘दर्शकको प्रतिक्रिया अत्यन्तै भावुक बनाउने थियो । विशेषगरी न्यूरो–एटिपिकल व्यक्तिहरू, उनीहरूका परिवार, आमाबाबु, दाजुभाइ–बहिनीको खुसी देख्दा मन छुने अनुभव भयो । मलाई लाग्छ यस समुदायले फिल्मलाई साँच्चै आफ्नो बनायो । साथै फिल्मले विश्वभरका आम दर्शकहरूसँग पनि सम्बन्ध जोड्न सफल भयो ।’

आमिर आगामी प्रोजेक्टमा पनि व्यस्त छन् । केही समयअघि उनले आफ्नो होम प्रोडक्शनअन्तर्गत बन्ने ‘ह्याप्पी पटेल’ नामक फिल्मको घोषणा गरेका छन् ।

साथै उनी राजकुमार सन्तोशीनिर्देशित फिल्म ‘लाहौर १९४७’मा पनि देखिनेछन्।

कान्तिपुर

Link copied successfully