चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

सोमबार अध्यक्ष, महासचिव र सचिव पदका लागि निर्वाचन भएको हो ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Uday Subba elected as president of Film Producers Association

काठमाडौँ — नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार अध्यक्ष, महासचिव र सचिव पदका लागि निर्वाचन भएको हो ।

संघको उपाध्यक्षमा ज्योतिराज राई निर्वाचित भए, रौनक विक्रम कँडेल भने निर्विरोध भए । खगेन्द्र लामिछाने महासचिव पदमा निर्वाचित हुँदा सचिवमा युवराज गिरी निर्वाचित भए । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए । त्यस्तै, संघको कार्यसमिति सदस्यहरुमा श्रीधर पौडेल, टंकबहादुर बुढाथोकी, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया,  राजकुमार पण्डित तथा प्रविण कार्की, र चुम्बनजंग शाही निर्विरोध भएका छन् । 

संघको १९ औं वार्षिक साधारण सभामा अध्यक्ष पदका लागि निर्माताद्वय सुब्बा र सुनील कुमार थापाबीच प्रतिस्पर्धा भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully