२५ फिल्म देखाइएको यो महोत्सवमा ५ हजार दर्शक उपस्थित थिए ।
What you should know
काठमाडौँ — १४ औं ‘युरोपियन फिल्म महोत्सव नेपाल २०२५’ सम्पन्न भएको छ । कात्तिक २८ देखि ३० सम्म आयोजना भएको यो महोत्सवमा २५ फिल्म देखाइएका थिए ।
यो संस्करणमा फिनल्यान्डको ‘एविदा’सँगै पोर्चुगलबाट ‘बाञ्जो’, अस्ट्रियाबाट ‘ह्याप्पी’, हंगेरीबाट ‘विथाउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ देखाइएका हुन् । बाफ्टा मनोनीत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क’ तथा ‘आडियोस’ महोत्सवको आकर्षणको केन्द्रमा थिए । महोत्सवमा अधिकांश शो हाउसफुल बनेको थियो । आयोजकका अनुसार यो महोत्सवमा १ सय दर्शकले फिल्म हेरे भने ५ हजार दर्शक महोत्सवमा सहभागी भए ।
महोत्सवमा देखाइएका २५ फिल्ममा १० युरोपेली, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनीत ६ लघु फिल्म छनोट भएका थिए । नेपालबाट भने ९ फिल्म छनोट भएको हो ।
महोत्सवमा नेपालीतर्फ ‘ह्वाट ग्रोज इन थारी माइलाज भेउजीटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस’, ‘इटर्नल किनशिप’, ‘द काठमाडौँ’, ‘साइलेन्ट स्टार्स’, ‘ग्रान्डमाज म्याजिक कम’, ‘अर्केस्ट्रा’, ‘अ ब्लिक होम’ देखाइएका थिए । यो वर्ष महोत्सवमा फिल्मका विद्यार्थीले आवेदन दिएको ५० फिल्ममा ९ फिल्म छनोटमा परेका हुन् ।
महोत्सवमा सहभागी नेपाली तीन फिल्मले कथा वाचन, सिर्जनाका पक्षमा बलियो सावित हुँदा पुरस्कृत बने । पत्रिका घिमिरेको 'ह्वाट ग्रोज इन थरी माइलाज भिलेज' ले उत्कृष्ट विद्यार्थी फिल्म जित्यो । निर्देशक पत्रिकाले उत्कृष्ट विद्यार्थी फिल्मको उपहारमा ५० हजारको मथिको ‘भाौचर’ जितेकी हुन् । उनले आयोजकबाट त्यति रकम बराबरको सामानमा सहयोग पाउनेछिन् । त्यस्तै निराकर भक्त राईको ‘ग्रान्डमाज म्याजिक कम’ र आकृति ढुंगानाको ‘अबिस’ले महोत्सवमा स्पेसल जुरी मेन्सन पायो । उनीहरूले भने आयोजकबाट प्रमाणपत्र पाए ।
