‘जारी २ : सङ अफ च्याब्रुङ’ को प्रिमियर

यो फिल्मले राम्रो सन्देश दिएको छ । त्यसमाथि पहिलो भागको तुलनामा फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । -उपसभामुख इन्दिरा राना मगर

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Premiere of 'Jari 2: Song of Chhabrung'

काठमाडौँ — ‘जारी २ : सङ अफ च्याब्रुङ’ले फिल्मको प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको छ । आजदेखि प्रदर्शनमा आएको फिल्मको शुक्रबार फिल्मकर्मी, रंगपत्रकार र फिल्मप्रेमीको बाक्लो सहभागितामा काठमाडौंको सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । 

फिल्म हेरिसकेपछि उपसभामुख इन्दिरा राना मगरले आफूले यसअघिको संस्करणमा पनि हेरेको बताउँदै यो फिल्म सन्देशमूलक रहेको बताइन् । ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिएँ । आज दोस्रो भाग पनि हेर्न पाएँ । निकै खुसी लाग्यो । यो फिल्मले राम्रो सन्देश दिएको छ । त्यसमाथि पहिलो भागको तुलनामा फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनु भएको छ,’उनले मिडियालाई भनिन् । 

उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्ममा  दयाहाङ राई, विजय बराल, मिरुना मगर र ऋचा शर्मालगायतका कलाकारको प्रमुख भूमिका छ । 

फिल्ममा अन्य कलाकारहरु बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।

कान्तिपुर

Link copied successfully