४६ वर्षपछि पुन: एकसाथ देखिँदै रजनीकान्त र कमल हासन

अभिनेता कमल हासनले आफ्नो प्रोडक्सन हाउस, राजकमल फिल्म्स इन्टरनेसनलमार्फत् रजनीकान्तसँग नयाँ प्रोजेक्टको घोषणा गरे ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Rajinikanth and Kamal Haasan reunite after 46 years

काठमाडौँ — दक्षिण भारतीय सिनेमाका हुई लोकप्रिय अनुहारहरू ४६ वर्षपछि पुन: एकसाथ काम गर्ने भएका छन् । अभिनेता कमल हासनले आफ्नो प्रोडक्सन हाउस, राजकमल फिल्म्स इन्टरनेसनलमार्फत् रजनीकान्तसँग नयाँ प्रोजेक्टको घोषणा गरे । 

कमल हासनले बुधबार सामाजिक सञ्जालमा रजनीकान्तसँग नयाँ फिल्म बनाउने योजना बताए ।फिल्मको शीर्षक 'थलाइवर १७३' राखिएको छ । फिल्म ०२७ मा रिलिज हुनेछ ।

फिल्मको निर्देशन सुन्दरसीले गर्नेछन् । कमल हासन र आर. महेन्द्रन मिलेर यो प्रोजेक्ट प्रोड्यूस गर्नेछन् ।

रजनीकान्त र कमल हासनले १९७९ को फिल्म ‘अलावुद्दीनम अथबुथा विलक्कुम’ मा एकसाथ काम गरेका थिए ।

त्यसपछि, ‘पूर्व रागंगल’ र ‘१६ वयाथिनिले’ जस्ता फिल्महरूमा पनि उनीहरूको जोडीले राम्रो सफलता प्राप्त गरेको थियो ।

कान्तिपुर

Link copied successfully