जेन-जी आन्दोलनको सांगीतिक रंग

'रातो र चन्द्र सूर्य', ‘गाउँ गाउँबाट उठ’, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’, ‘नारायणी सेना छोडी कृष्ण रोज्ने पार्थ म’ जस्ता गीतहरूले आन्दोलनलाई स्थानीय सांस्कृतिक रंग दिएको देखिन्छ ।

आश्विन १२, २०८२

दया दुदराज

The musical color of the Zen-ji movement

काठमाडौँ — नेपाली जेन-जीको आन्दोलन केवल सडकमा सीमित थिएन । उनीहरूले संगीतलाई ‘डिजिटल नाराबाजी’का रूपमा प्रयोग गरे । स्थानीय लोकधुनदेखि स्वीडिस पप, दक्षिण भारतीय फिल्मी टोनसम्म सबै मिलाएर एउटा नयाँ सांगीतिक आन्दोलन सिर्जना भयो ।

जेन-जी पुस्ताले प्रयोग गरेका यी गीतहरूले केवल मनोरञ्जनका लागि नभई सामाजिक असमानता, बेरोजगारी र राजनीतिक विफलतामाथि व्यंग्य र प्रतिरोध प्रकट गर्ने माध्यमको काम गरेको देखिन्छ ।

सामाजिक सञ्जालमार्फत भ्रष्टाचार, बेथिति र बेरोजगारीविरुद्ध आवाज उठाउने क्रममा नेपाली जेन-जी समूहले सांगीतिक सिर्जनालाई शक्तिशाली माध्यम बनाए । विशेषगरी टिकटक, इन्स्टाग्राम र सर्ट भिडियो प्लेटफर्ममा युवाहरूले आफ्ना असन्तुष्टि, व्यंग्य र प्रतिरोधलाई सजिलै भिजुअल बनाउन गीतलाई 'ब्याकग्राउन्ड म्युजिक'का रूपमा प्रयोग गरे ।

यी भिडियोहरूमा नेपाली लोकगीतदेखि आधुनिक पपसम्म, र विदेशी पप-कल्चरका टोनसम्म मिश्रण भएको पाइन्छ । 'रातो र चन्द्र सूर्य', ‘गाउँ गाउँबाट उठ’, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’, ‘नारायणी सेना छोडी कृष्ण रोज्ने पार्थ मजस्ता गीतहरूले आन्दोलनलाई स्थानीय सांस्कृतिक रंग दिएको देखिन्छ ।

यी गीतहरूमा प्रयोग भएको लोकधुन, गीतको बोल र पृष्ठभूमि संगीतले युवाहरूको विरोध र क्रान्तिकारी भावना व्यक्त गर्ने माध्यम बन्यो । यी सँगै,बाह्य सांगीतिक टोनहरूले अभियानलाई सशक्त बनायो ।

दि विनर टेक्स इट अल

नेपो बेबिज्, नेपो किडट्रेन्डमा सबैभन्दा चर्चित गीतदि विनर टेक्स इट अलरह्यो । यो स्वीडिस पप-ब्यान्ड 'एब्बा' को १९८० मा सार्वजनिक भएको गीत हो । यो गीत ब्योर्न उल्भायस र बेनी एन्डरसनले लेखेका हुन् भन, अग्रेथा फाल्त्स्कोगले श्वर दिएकी हुन् । 

गीतमा हार-जीत, विछोड र भावनात्मक पीडालाई चित्रण गरिएको छ । समीक्षकहरू यसलाई 'एब्बा'को सबैभन्दा मार्मिक गीतमध्ये एक ठान्छन् । बेलायतदेखि अमेरिका र युरोपसम्म तत्कालीन पुस्ताले यसलाई अत्यन्तै रुचाएको थियो ।

तर नेपाली जेन-जीका लागि यसले प्रेम पीडाभन्दा फरक भाव बोकेको थियो-भ्रष्ट नेताहरू सधैं जित्ने र आम नागरिक सधैं हार्नेभन्ने व्यंग्यात्मक सन्देशमा गीतलाई पुनःव्याख्या गरियो । यो गीतमा केन्द्रित भएर टिकटकमा हजारौं भिडियो बनेका छन् ।

भिलेन बीजीएम

दि विनर टेक्स इट अलजस्तै आन्दोलनमा अर्को चर्चित टोन 'भिलेन बीजीएम (ब्याकग्राउन्ड म्युजिक)' पनि हो । यो टोन सन् २०२० मा बनेको भारतीय चलचित्र 'दरबार'मा प्रयोग भएको टोन हो । भारतीय संगीतकार अनिरुद्ध रविचन्द्रनले यो टोन सिर्जना गरेका हुन् । भारतमा लोकप्रिय यो टोन नेपालको टिकटक आन्दोलनमा आइपुग्दा नयाँ सन्देश बोकेको थियो ।

नेपाली टिकटक प्रयोगकर्ता दिपेश राईले ५ सेप्टेम्बर साँझ ५:४६ बजे यो टोन अपलोड गरेका थिए । छोटो समयमा नै यो टोनले व्यापक लोकप्रियता पायो । अहिलेसम्म करिब ४७ हजार ८ सयभन्दा बढी भिडियो यही टोनमा बनेका छन् ।

त्यस्तै अर्को प्रयोगकर्तासम्भु धनुष अल हिरो बीजीएमनामबाट १९ जुलाई २०२१ मा यो टोन अपलोड भएको थियो । यसमा पनि ३४२ भन्दा बढी भिडियो बनाइएका छन्, जसमा अधिकांश नेपाली प्रयोगकर्ताहरू छन् ।

'बेला चाउ'

इटालीयन लोकगीत 'बेला चाउ' विश्वभरको प्रतिरोध र स्वतन्त्रताको प्रतीकका रूपमा परिचित छ । १९ औं शताब्दीको उत्तर इटालीमा धानका खेतमा काम गर्ने महिला मजदुर (मोनडिने) बीच यो गीत प्रथम पटक गुनगुनाएका थिए । कठिन परिस्थितिमा काम गर्दै गर्दा आफ्नो पीडा र असमानताको विरोध स्वरूप यस गीतलाई गाएको पाइन्छ ।

दोस्रो विश्वयुद्धको समयमा, यस गीतले इटालीको 'एन्टी-फासिस्ट'को प्रतीकका रूपमा लोकप्रियता पायो । यसले बलिदान र अत्याचारको विरुद्ध लड्ने भाव दर्शाउँछ । युद्धपछिका वर्षहरूमा, यो गीत स्वतन्त्रता दिवस (२५ अप्रिल) मा गाउने चलनमा आयो र विभिन्न राजनीतिक समूहले यसलाई फासिवादविरुद्धको एकता र आवाजको रूपमा अपनाए ।

पछिल्ला समय, नेटफ्लिक्स सिरिज 'मनी हाइस्ट' मार्फत यो गीत पुनः लोकप्रिय बन्यो । यसले नयाँ पुस्तालाई विद्रोह र प्रतिरोधको प्रतीकका रूपमा परिचित गरायो । नेपाली जेन-जी आन्दोलनमा पनि यो गीत नेताविरुद्ध गुञ्जियो ।

जेन-जी आन्दोलनमा यी मात्रै प्रयोग भएको भने होइन । यीसँगै अन्य गीतहरू पनि प्रयोग भएका छन् । 

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully