गंगा सोनामले जितिन् 'नेपाल आइडल-६' को उपाधि  

आइतबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती, मृनल मानन्धरलाई पछि पार्दै सोनामले उपाधि हात पारेकी हुन् । गंगाले २५ लाखको चेक पुरस्कार पाइन् ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Ganga Sonam won the title of 'Nepal Idol-6'

काठमाडौँ — गायन प्रतियोगिता ‘नेपाल आइडल-६’ (छैटौं संस्करण)को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती, मृनल मानन्धरलाई पछि पार्दै सोनामले उपाधि हात पारेकी हुन् । गंगाले २५ लाखको चेक पुरस्कार पाइन् ।

फस्ट रअनरअप बबिता र सेकेण्ड रनरअप दर्शना बनिन् । बबितालाई १० लाख र दर्शनालाई ५ लाख रुपैयाँको चेकसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । 

चौथो भएका खाती र पाँचौं स्थान हासिल गरेका मानन्धरले जनही १/१ लाख प्राप्त गरेका छन् । 

निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए ।  

कान्तिपुर

Link copied successfully