मिस नेपाल लुना भन्छिन्– ‘एकदम सर्रियल अनुभव भइरहेको छ’

'मिस नेपाल मेरो सानैदेखिको सपना हो । तर, मैले कहिल्यै प्रतियोगितामा सहभागी हुन सकिनँ । टाढैबाट हेर्थें, तर २०२३ बाट चाहिँ मैले हिम्मत गरें । र, आज मैले यो उपाधि पनि जितें ।'

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Miss Nepal Luna says - 'It is a very surreal experience'

What you should know

काठमाडौँ — २६ वर्षीया लुना लुइँटेल मिस नेपाल २०२५ घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै शनिबार साँझ उनले मिस नेपाल वर्ल्डको ताज पहिरेकी हुन् ।

कान्तिपुरकर्मी रीना मोक्तानसँग उनले मिस नेपाल टाइटल पाएपछि आफ्नो खुसी यसरी बाँडिन् :

मलाई अहिले एकदम सर्रियल अनुभव भइरहेको छ । के रियालिटी, के ड्रिम भइरहेको छ । मलाई लाग्छ, अहिले म सपना र विपनाको बीचको समयमा छु । यो क्राउन देख्दा, हातको फूल देख्दा म युनिभर्सलाई धन्यवाद दिन चाहन्छु । म मेरो परिवारलाई पनि धन्यवाद दिन चाहन्छु । मलाई तालिम दिने ट्रेनर्स र शिक्षकहरुलाई धन्यवाद दिन चाहन्छु । 

Miss Nepal Luna says - 'It is a very surreal experience'

मैले विद्यालयस्तर पाठशालामा गरेको हुँ । ग्लोबल म्यानेजमेन्टमा १२ सकें । १७ वर्षको उमेरमा अस्ट्रेलिया जाँदा म अस्ट्रेलियन परिवारसँग बस्नु पर्‍यो । जब १८ वर्ष पुगें अनि काकाकाकीसँग ३ वर्ष बसें । त्यसपछि अस्ट्रेलियाको बसाइ घरजस्तै सहज भयो । मलाई कहिल्यै पनि घरबाट टाढा छु भन्ने लागेन । अनि मैले यता म्यानेजमेन्ट गरेको भएर नर्सिङ पढें । त्यो भन्दा अगाडि मैले एक वर्षको एक्स्ट्रा फाउन्डेसन कोर्ष गरें । त्यसपछि मैले ३ वर्षे नर्सिङ अध्ययन गरें । अहिले म मास्टर गर्दैछु । 

मलाई पानी सानैदेखि मनपर्ने, त्यसैले मैले स्कुबा डाइभिङ कोर्स पनि गरें । फिलिपिन्समा मैले स्कुबा डाइभिङ कोर्स गरेको हुँ । अनि फिलिपिन्सबाटै स्कुबा डाइभिङको लाइसेन्स लिएँ । मेरो दाजु पनि स्कुबा डाइभर हुनुहुन्छ, म उहाँबाट यसका लागि प्रेरित भएकी हुँ । 

Miss Nepal Luna says - 'It is a very surreal experience'

मिस नेपाल मेरो सानैदेखिको सपना हो । तर, मैले कहिल्यै प्रतियोगितामा सहभागी हुन सकिनँ । टाढैबाट हेर्थें, तर २०२३ बाट चाहिँ मैले हिम्मत गरें । र, आज मैले यो उपाधि पनि जितें ।

कान्तिपुर

Link copied successfully