'राष्ट्रिय नाटक उत्सव' सम्पन्न

अभिनेता विजय बरालको आतिथ्यमा भदौ २ गते उद्घाटन भएको महोत्सव शुक्रबार सम्पन्न भयो, १७ विद्यालयले नाटक मञ्चन गरे ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

'National Drama Festival' concluded

What you should know

काठमाडौँ — अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौंको पिंगलास्थानस्थित 'स्टुडियो थिएटर'मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ ।

अभिनेता विजय बरालको प्रमुख आतिथ्यमा भदौ २ गते उद्घाटन भएको महोत्सव शुक्रबारमात्रै लिटिल एन्जल्स स्कुलको 'भिरमा फुलेका फूल', पवन प्रकृति स्कुलको 'पिताहरु', पिक प्वाइन्ट एडुकेसन नेटवर्कको 'यशस्वी भव' र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको 'समीर नाचेको दिन' नाटक प्रस्तुत गर्दै सम्पन्न भएको हो ।

समापन कार्यक्रममा आयोजक स्कुल अक्षराकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिन् । महोत्सवमा 'थिएटर इन एजुकेसन कार्यक्रम' अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका १७ वटा विद्यालयका १७ नाटक मञ्चन भए ।

महोत्सवमा भ्याली भ्यु स्कुलद्वारा 'इच्छा भर्सेस समय', ग्ल्याडस्टोन एकेडेमीको 'गीता', आकाशगंगा इन्टरनेसनल एकेडेमीको 'बैमानी काल', पिक प्वाइन्ट एडुकेसन नेटवर्कको 'यशस्वी भव', ग्लोबल पब्लिक स्कुलको 'द टेल अफ इन्द्रजात्रा', निस्ट स्कुलको 'पार्वती', कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयको 'दुःखी राजकुमारी', काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको 'समीर नाचेको दिन', हिमालयन ह्वाइट हाउस स्कुलको 'द ग्रीक मिथोलोजी ओलिमपियान्जा', टाइम्स इलिमेन्ट्रि स्कुलको 'दुःखी राजकुमारी', आकाशगंगा इन्टरनेसनल एकेडेमीको 'बैमानी काल', रोजबड स्कुलको 'परदेशको स्कुल', क्रिएटिभ एकेडेमी स्कुलको 'सपनासँगको शून्यता', द जोय हाउस कलेक्टिव स्कुलको 'द जोय माछाको रंगीन सपना', काष्ठमण्डप विद्यालयको 'द इन्टरनेट इज अ डिस्ट्र्याक-ओ लुक किटन' र आयोजक स्कुल अक्षराको 'मोक्षको मार्ग' मञ्चन भए । 

यसअघि भएको नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको महोत्सव निर्देशक टंक चौलागाईंले बताए ।  

कान्तिपुर

Link copied successfully