इजरायली अभिनेता आलोन् अबुतबुलको ६० वर्षको उमेरमा निधन

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Israeli actor Alon Abutbul has died at the age of 60

काठमाडौँ — प्रमुख इजरायली अभिनेता आलोन् अबुतबुलको ६० वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

उत्तरी इजरायलको हबोनिम समुद्र किनारमा उनको मृत्यु भएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । मगेन डेविड अदोम (एमडिए) उद्धार सेवाका अनुसार, उनी समुद्र किनारमा अचानक लडेर अचेत भएका थिए । उद्धार टोलीले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेन । 

उनको इजरायली चलचित्र र टेलिभिजन क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि अभिनयमा सक्रिय थिए ।भने आफ्नो करियरमा थुप्रै पुरस्कार समेत जितेका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा पनि उनले महत्त्वपूर्ण भूमिकाहरू निर्वाह गरेका थिए, जसमा स्टेफन स्पिलबर्गको 'मुनिक' र सन् २०१२ को ब्लकबस्टर फिल्म 'द डार्क नाइट राइजेज' को भूमिकाका लागि दर्शकले सम्झिरहन्छन् । 

उनी गत जेठमा नेपालको मुस्ताङ, पोखरा र काठमाडौंमा इजरायली फिल्म ‘ह्वेन क्लाउड्स फल’को एक महिना लामो छायांकन सकेर इजरायल फर्केका थिए । उनीसँग नेपालकी अभिनेत्री मेनुका प्रधानले स्क्रिन सेयर गरेकी थिइन् ।

कान्तिपुर

Link copied successfully