'निलम्स अवार्ड २०२५' सम्पन्न

असार १५, २०८२

कान्तिपुर संवाददाता

'Neelams Award 2025' completed

काठमाडौँ — क्रमश: इन्टरटेनमेन्टको ब्यानरले प्राइड मन्थ २०२५ को अवसरमा 'निलम्स अवार्ड २०२५' आयोजना गरेको छ । अवार्ड 'ट्रान्स' अभियन्ता मेकअप आर्टिस्ट तथा समाजसेवी निलम पौडेलको एकल पहलमा आयोजना भएको हो । 

अवार्ड समारोहमा यौनिक अल्पसंख्यक समुदायमा योगदान दिने ७ जनालाई सम्मान गरिएको छ । गायकद्वय नट्टू शाह र पिरु राणा, कोरियोग्राफर तेञ्जु योञ्जन, समाजसेवी तथा डान्सर सुमन श्रेष्ठ ( डल्ली ममी ), मेकअप आर्टिस्ट तथा डान्सर उमिशा श्रेष्ठ, लोक गायक श्याम राना र मेकअप आर्टिस्ट अनिष तामाङ सम्मानित भए । 'युथ अचिभमेन्ट अवार्ड'बाट यस वर्ष अनु शाही ठकुरी, दिनुप मगर र एन्जल सम्मानित भए । 'महामहिम अवार्ड'बाट सुष्मा लामा र केशाङ युडोन सम्मानित बने । 

क्रमशः इन्टरटेनमेन्टकी निर्देशक निलम पौडेलले लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई उनीहरूले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभाव प्रकाश पार्न निलम अवार्ड आयोजना गर्दै आएकी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully