'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५' सुरु

असार १३, २०८२

कान्तिपुर संवाददाता

'Nepal-US International Film Festival 2025' begins

काठमाडौँ — अमेरिकाको मेरिल्यान्डमा 'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५' सुरु भएको छ । मीन भाम निर्देशित फिल्म 'शाम्बाला' देखाउँदै महोत्सव सुरु भएको हो । 

महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन् । चार दिनसम्म चल्ने महोत्सवका फिल्म एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुनेछ । महोत्सवको समापन दीपक रौनियार निर्देशित फिल्म 'पूजा सर'को प्रदर्शनसँगै हुनेछ । 

'शाम्बाला'को प्रदर्शनपश्चात भएको अन्तरक्रियामा कलाकारसँग गरिएको कामबारे मीनले अनुभव सुनाए । 'प्रमुख भूमिका गर्नु भएकी बहिनीसँग काम गर्न हामीले उहाँलाई ५ वर्षसम्म हेर्‍यौं । हरेक महिना दुई चोटी उहाँलाई म घरमा खाना खान बोलाउँथेँ । मलाई उहाँका भित्री रहस्य बुझ्नु थियो,' मीनले भने, 'उहाँलाई कसरी चरित्रलाई ल्याउन सकिन्छ भनेर यसरी काम गरियो । यहाँ उहाँसँगै केही कलाकार बाहेक अन्य त नन एक्टर थिए । त्यतिबेला डोल्पामा क्लोज क्याम्प गर्‍यौं, जहाँ उहाँहरुले फोन पनि गर्न पाउनुहुन्थेन । उहाँहरुमा अभिनयका लागि भोक थियो ।' 

कान्तिपुर

Link copied successfully